हजारौं भक्तजन गोसाइँकुण्ड पुग्ने

269

साउन २८,
रसुवा । यस वर्षको गोसाइँकुण्ड मेलामा १५ हजारभन्दा बढी भक्तजन आगमन हुने लक्ष्य राखिएको छ ।
मेला जनैपूर्णिमाका अवसरमा आगामी भदौ १० गते लाग्ने छ । नुवाकोटको बाटोमा सुधार आइसकेको र रसुवाको सडकमा आउनसक्ने पहिराको अवरोध हटाउन तीन स्काभेटरसहितको उपकरण तयारी अवस्थामा राखिएको छ । कतै पहिरो आइहाले एकाध घण्टामै व्यवस्थापन हुने रसुवाको सडक हेर्ने डिभिजन सडक कार्यालय नुवाकोटले जनाएको छ ।

यसैबीच गोसाइँकुण्ड मेलामा आउने तीर्थयात्रुका लागि प्राथमिक उपचार स्थान तय भएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डीएमका अनुसार धुञ्चेदेखि माथि पाँच स्थानमा स्वास्थ्य शिविर राखिनेछ । गोसाइँकुण्डमा हिमालय उद्धार सङ्घ, बुद्ध मन्दिरमा सक्षम नेपाल गैसस, लौरी विनायकमा पाटन स्थास्थ्य विज्ञान प्रतिष्ठान, चोलाङ्पाटी र चन्दनबारीमा नेपाली सेना कालीजङ्ग गणलाई प्राथमिक उपचारको जिम्मा दिने तय भएको छ ।