अमेरिकासँग सम्वाद सम्भव छैन

123

साउन २८,
एजेन्सी /अमेरिकासँग युद्ध पनि नगर्ने वार्ता पनि नगर्ने इरानका सर्वोच्च नेता आयतोल्ला अलि खामेनीले सोमबार बताउनुभएको छ । इरानमा हाल देखिएको समस्याहरू अमेरिकाद्वारा पुनः लगाएको आर्थिक प्रतिवन्धका कारणभन्दा पनि सरकारको गलत व्यवस्थापनका कारण निम्तिएका खामेनीको दावी छ । खामेनीको प्रतिक्रियाले इरानमा व्याप्त महङ्गी, भ्रष्टाचार र इरानी मुद्रा लिराको अवमुल्यनका कारण इरानी राष्ट्रपति हसन रौहानीलाई परेको समस्यामा इन्धन थप्ने काम गरेको छ । अमेरिकाले सन् २०१५ मा भएको इरानसँगको आणविक सम्झौताबाट फिर्ता हुने र पुनः प्रतिबन्ध लगाउने घोषणापछि इरानले अमेरिकी राष्ट्रपतिद्वारा प्रस्ताव गरेको नयाँ वार्तालाई अस्वीकार गर्ने निश्चित प्राय देखिएको छ ।
प्रतिबन्धबाहेक उनीहरूले युद्ध र वार्ताको कुराहरू गरिरहेका छन् ।