सिंहदरबारभित्र कर्मचारीका नेताको दादागिरीः उपसचिवमाथि आक्रमण

152

समाचारपत्र दैनिक- साउन २९,
काठमाडौं। देशको मुख्य प्रशासकीय केन्द्र सिंहदरबारभित्र आईतबार एक उपसचिव ‘कुटिएको’संगै भएको तोडफोडको घटनाले निकै कोलाहल मच्चियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव ऋषि आचार्य कुटिएका हुन् । आफूले भनेको ठाउ“मा सरुवा नगरेको भन्दै नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीले उपसचिव आचार्यलाई मुक्का हानेको बताइएको छ । त्यसपछि आचार्यमाथि कुर्र्सी उचालेर हान्न खोजियो । घटनाका प्रत्यक्षदर्शीका अनुसार उपाध्यक्ष भण्डारीले झ्यालको सिसा, टेबुल र गमला समेत फुटाएका थिए । यसले गर्दा दिउ“सो करिब ३ बजेतिर मन्त्रालयमा निकै कोलाहल मच्चिएको थियो । कर्मचारीहरू भागाभाग गर्न थालेपछि प्रहरी पनि आइपुगेका थिए । मन्त्रालयका अनुसार भण्डारीले शाखा अधिकृतको पोष्टिङ सच्याउन मन्त्रालयलाई दबाब दि“दै आएका थिए । मन्त्रालयले शाखा अधिकृत नेत्रराज गिरीलाई डोल्पा खटाएकोको थियो । उहांले जुम्ला जाने भन्दै चिठी बुझेका थिएनन् । ती कर्मचारीले सुरुमा डोल्पा जाने इच्छा देखाएका थिए । तर, पछि उनले जुम्ला जाने इच्छा देखाएका थिए । गिरीलाई जुम्ला खटाउन भण्डारीले दबाब दिएको बताइएको छ । खटाइसकेका कर्मचारीलाई जुम्ला खटाउन नसकिने अडान मन्त्रालयले राखेपछि आचार्यमाथि आक्रमण भएको बताइएको छ ।

घटनापछि कर्मचारी प्रशासन शाखाका कर्मचारीले सचिवकहा“ गएर काम गर्न नसक्ने बताएका थिए । त्यसपछि सचिवले मन्त्री लालबाबु पण्डितलाई घटनाबारे जानकारी गराएका थिए । लगत्तै मन्त्रीले आरोपीलाई नियन्त्रणमा लिन आदेश दिएका थिए । तर, त्यतिबेलासम्म भण्डारी मन्त्रालयबाट बाहिर गइसकेका थिए । सरुवाको लिष्ट आफूअनुकूल नभएपछि विवाद भएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो ।घटनाबारे आवश्यक छानबीन गरी दोषीमाथि कारवाही गर्ने मन्त्रालयले जनाएको छ ।