भेन्टिलेटर के हो ? के यसमा राखेपछि बिरामीलाई बचाउन सकिन्छ ?

232

भाद्र १,
शरिरलाई स्वस्थ राख्नका लागि आन्तरिक अंग र यसको कार्यप्रणालीको महत्वपूर्ण भूमिका हुन्छ तर जब यी अंगले कम काम गर्छन् वा काम गर्न बन्द गर्छन् तब विभिन्न प्रकारको समस्या निम्तिने गर्छ । यसलाई नियन्त्रण गर्नका लागि लाइफ सपोर्ट सिस्टम वा भेन्टिलेटरको सहयोग लिने गरिन्छ । यो सिस्टम बिरामीको रोगलाई निको पार्न र बिरामीलाई जिउँदो राख्नका लागि प्रयोग गरिन्छ । तर हरेक बिरामीको सोचे अनुरुप प्रगती हुन्छ भन्ने छैन । कतिपय बिरामीको यो सिस्टममा राखेपछि पनि मृत्यु हुन्छ ।कुन अंगले काम गर्न छाड्दा भेन्टिलेटरको आवश्यक पर्छ ?शरिरका केही अंगमा खराबी भएपछि सपोर्ट सिस्टम वा भेन्टिलेटरको आवश्यकता पर्छ । जस्तैःफोक्सोः निमोनिया, ड्रगको ओभरडोज, रगत जम्दा, क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज, सिस्टिक फाइब्रोसिस, फोक्सोमा समस्या, स्नायू रोगका कारण फोक्सोमा गम्भीर क्षती हुँदाको स्थितीमा भेन्टिलेटरको आवश्यकता पर्छ ।

मुटुः अचानक हृदयघात हुँदा

दिमागः ब्रेन स्ट्रोक वा टाउकोमा गम्भीर चोट लाग्दा ।

भेन्टिलेटर कसरी दिइन्छ ?

बिरामीको स्थिती बिग्रनुको कारण के हो त्यसलाई ध्यानमा राखेर भेन्टिलेटरमा राखिन्छ । बिरामीलाई भेन्टिलेटरमा राखेर सबैभन्दा पहिले अक्सिजन दिइन्छ ता कि हावा दबाब बनाउँदै फोक्सोसम्म पुग्न सकोस् । यस्तो निमोनिया हुँदा वा फोक्सोले काम गर्न छाड्दा पनि गरिन्छ । यसको एउटा ट्युब नाक वा मुखमा राखिन्छ भने दोस्रा इलेक्ट्रिक पम्पसँग जोडिन्छ । केही बिरामीलाई निन्द्राको औषधी पनि दिइन्छ ।जब मुटुले काम गर्न बन्द गर्छ तब त्यसलाई पुनः सुचारु गर्न कोसिस गरिन्छ । त्यसका लागि सिपिआर दिइन्छ । यसले रगत र अक्सिजनलाई पूरा शरिरभरी संचार गर्न सहयोग गर्छ । साथै धड्कन नियमित राख्न बिरामीलाई इलेक्ट्रिक शक पनि दिइन्छ । यसबाहेक औषधी पनि दिइन्छ ।डायलिसिस पनि लाइफ सपोर्ट सिस्टमको एउटा हिस्सा हो । मृगौला खराब हुँदा वा यसले ८०–९० प्रतिशत काम नगर्दा डायलिसिस गरिन्छ । यसको मद्दतले शरिरमा जम्मा भएको विषालु पदार्थलाई फिल्टर गरेर बाहिर निकालिन्छ । यसका साथै, एक नलीको मद्दतले पानी र पोषक तत्व शरिरमा पुर्याउने गरिन्छ ।लाइफ सपोर्ट सिस्टमबाट कहिले बिरामीलाई निकालिन्छ दुई स्थितीमा नै बिरामीलाई सपोर्ट सिस्टमबाट हटाइन्छ । पहिलो, जब त्यसमा आशा गरिए अनुसार सुधार नदेखिए र अंगले काम गर्न सुरु गरे बिरामीलाई यसको आवश्यकता पर्दैन । दोस्रो, जब बिरामीमा सुधारको आशा नदेखिए पनि डाक्टरले परिवारको सहमतीमा बिरामीलाई सपोर्ट सिस्टमबाट निकालिन्छ । तर अन्त्यसम्म उपचार जारी रहन्छ ।