‘हेलो मुख्यमन्त्री’मा आएका गुनासा रेकर्ड नै हुँदैनन्

117

भाद्र १,
प्रदेश २ सरकारले जनताको गुनासा सुन्न र सम्बोधन गर्न चलाएको ‘हेलो मुख्यमन्त्री’ कार्यक्रम प्रभावहीन भएको छ ।
कार्यक्रमका लागि राखिएको फोन प्रायः उठ्दैन । उठिहाले पनि गुनासा रेकर्ड गरिँदैन ।‘हेलो मुख्यमन्त्री’मा गुनासो टिपाउन टोल फ्री नम्बर १६६०४१५२८४३ राखिएको छ ।प्रदेश सरकारका सयदिने कार्ययोजना सार्वजनिक गर्दै मुख्यमन्त्री लालबाबु राउत गद्दीले तत्कालै जनताको गुनासो सुन्ने घोषणा गरेका थिए । तर, कार्यक्रम सुरु भएको एक महिनाभन्दा बढी भए पनि गुनासा सम्बोधन भएका छैनन् ।मुख्यमन्त्री राउतले ‘हेलो मुख्यमन्त्री’ कार्यक्रमका लागि छुट्टै डेस्कको व्यवस्था गर्नेसमेत घोषणा गरेका थिए ।उनले आर्थिक अनियमितता र महिला हिंसाका घटनालाई गम्भीरतापूर्वक लिएर तत्कालै कारबाही प्रक्रिया अघि बढाउने पनि बताएका थिए । तर, अहिलेसम्म पनि छुट्टै डेस्क स्थापना हुन सकेको छैन ।