जाजरकोटका अमृत विक हतियारसहित पक्राउ

212

भदौ ३,
काठमाडौं । नेपालगञ्ज उप–महानगरपालिका–१५ स्थित जमुना चेकपोष्टबाट जाजरकोटका अमृत विक हतियारसहित पक्राउ परेका छन् ।जमुना चेकपोष्टमा खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा जाजरकोटको भेरी नगरपालिका–९ बस्ने २१ वर्षीय बिकको साथमा एसएमजी जस्तो देखिने १ थान एयर गन र सोही हतियारको ३४ राउण्ड गोली फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले बताएको छ चेकजाँचका क्रममा सोही ठाउँ बस्ने १६ बर्षिय दिपक विकको साथमा फलामको चेन फेला परेको बताइएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले बताएको छ ।यसैबीच, रुपन्देहीको बुटवल उप–महानगरपालिका–२ तल्लो फुलबारीस्थित जंगलमा २४ वर्षीय महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा देविलाल खनाललाई प्रहरीले पक्राउ गरेको छ । देबदह नगरपालिका–३ बसन्तपुर बस्दै आएका ३७ वर्षीय खनालबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।