काँग्रेसविरुद्ध खनिए प्रधानमन्त्री ओली

210

भदौ ३,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा प्रतिबद्धता जनाएकाले संविधान विरुद्ध मौसमी कुरा नगर्न प्रतिपक्षी दल नेपाली कांग्रेसलाई सचेत गराएका छन् । सबै मिलेर संविधान ल्याएको भन्दै उनले संविधान जारी गर्ने बेलामा हस्ताक्षर गरेको जिम्मेबार राजनीतिक दलले संविधान विरोधी भाषा बोल्न नैतिकताले नदिने बताए । कांग्रेसविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका उनले संविधान प्रतिको इमान्दारिता देखाउन पनि आग्रह गरे । आइतबार राष्ट्रिय सूचना आयोगले राष्ट्रिय सूचना दिवसको अवसरमा राजधानीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले संविधानको बर्खिलाप हुने गरि मौसमी कुरा नगर्न प्रतिपक्षी दल नेपाली काँग्रेसलाई आग्रह गरे । उनले भने, ‘कहिले एउटा न्यायाधीशमाथि झोक चल्यो भने दुर्वासा ऋषि रिसाएजस्तो गरेर उर्फिएर महाअभियोगको प्रस्ताव राख्दिन्छन्, कहिले सुनुवाई समितिको प्रक्रियामा उत्पात सुरु हुन्छ । यो उत्पात समितिको फैसला आएपछि होइन त्यो भन्दा अगाडिदेखि नै सुरु हुन्छ । के भएको रु अचम्म लाग्छ । त्यस हुनाले मौसमी कुरा गर्नु हुँदैन हामीले ।प्रधानमन्त्री ओलीले संविधानमा सहमति जनाईसकेपछि अधिकार छ भन्दैमा, संख्या पुग्छ भन्दैमा सरकारले शक्तिको दुरुपयोग नगर्ने स्पष्ट पारे । अहिलेको सरकारले आवेग, उत्तेजना, आग्रह वा शक्तिको दुरुपयोग हुने दृष्टिले काम नगर्ने पनि उनले स्पष्ट पारे । उनले प्रतिपक्षी दलले सरकारका हरेक निर्णयलाई जबरजस्ती राजनीतिकरण गर्ने गरेको आरोप लगाए ।