राजधानीमा हतियारधारीको बिगबिगीः तीनकुनेबाट पेस्तोल र गोलीसहित ७ जना पक्राउ

127
सांकेतिक तस्विर

भदौं ४,
काठमाडौं । राजधानीमा पेस्तोल र ४ राउण्ड गोलीसहित ७ जना पक्राउ परेका छन् । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी आसपासका मुलुकको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन नजिकिँदै गर्दा बिमस्टेक सम्मेलनका लागि प्रहरी सुरक्षा व्यवस्था कडा पारेको बताइरहेको बेला हतियाससहित उनीहरू पक्राउ परेका हुन् । काठमाडौं प्रहरी परिसरको टोलीले उनीहरुलाई सोमबार दिउँसो तीनकुनेबाट पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुको विवरण खुलाइएको छैन । विस्तृत विवरण आउन बाँकी छ । केही दिन अगाडी भारतिय सेनामा कार्यरत एक नेपाली समेत हतियार सहित पक्राउ गरेका थिए ।