भक्तपुरबाट तीन वर्षमा ९ सय ३५ जना हराए

88

भदौं ५,
भक्तपुर । भक्तपुर जिल्लाबाट ३ आर्थिक वर्षभित्रमा विभिन्न उमेर समुहका ९ सय ३५ जना मानिसहरु हराएको तंथ्याक प्रहरीमा रहेको छ । २०७१/०७२ देखि अघिल्लो आर्थिक वर्षभित्रमा महिला, पुरुष, बालक र बालिका गरेर ९ सय ३५ जना हराएको महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ । प्रहरीका अनुसार सो समयमा ४ सय २७ जना महिला हराएका छन् । सो अवधिमा २ सय २६ पुरुष समेत हराएका छन् । सोही समयमा जिल्लाबाट १ सय २८ बालक तथा १ सय ५४ जना बालिका हराएका छन् । २०७१/०७२ आर्थिक वर्षमा भक्तपुरबाट महिलाहरु १ सय २९ जना, २०७/०७३मा १ सय ३९ र २०७३/०७४मा १ सय ५९ जना हराएका छन् । २०७१/०७२ आर्थिक वर्षमा पुरुषहरु ६० जना, २०७/०७३मा ७८ जना र २०७३/०७४मा ८८ हराएका छन् ।
२०७१/०७२ आर्थिक वर्षमा बालकहरु ३८, २०७/०७३मा ४६ र २०७३/०७४मा ४४ जना हराएका छन् । भक्तपुर जिल्लाबाट आर्थिक वर्ष २०७१/०७२ बालिकाहरु ३८ जना, २०७/०७३मा ५६ जना र २०७३/०७४मा ५८ जना हराएका छन् ।
हराउँछन मात्र ?

प्रहरीले कुनै व्यक्ति वा परिवारले आफन्त हराएको उजुरी दिएपछि सम्बन्धी जिल्लाको प्रहरी युनिट सहित प्रहरीको माथिल्लो निकायमा हुलिया सहितको सूचना संप्रेक्षण गर्दै आइरहेको छ । त्यसपछि प्रहरीको माथिल्लो निकायबाट देशभर रहेका ७७ जिल्ला प्रहरी कार्यालयमा यस्तो सूचना जारी गरिएको हुन्छ । प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक रेवती रमण पोखरलका अनुसार हराउने मात्र नभएर हराएका मानिस धेरै जना भेटिने छन् । ‘कतिपय अवस्थामा आफ्नो घरको सदस्य हराएको उजुरी प्रहरीमा दिने तर आफुसंग सम्पर्कमा आएपछि भने प्रहरीलाई जानकारी नदिएकाले संख्या धेरै देखिएको छ,’ प्रहरी नायव उपरिक्षक पोखरल भने । पछिल्लो केही महिला यता भने प्रहरीले हराएको उजुरी दिने व्यक्ति वा परिवारसंग निरन्तर सम्पर्कमा रहेर भेटिए नभेटिएको जानकारी लिने गरेको छ । त्यसबाट वास्तविक हराउनेको संख्या थाहा हुने प्रहरीको विश्वास लिएको छ ।
प्रहरीलेको प्रयास र पारिवारीक सूचनाका आधारमा तीन वर्षमा हराएका ९ सय ३५ मध्ये विभिन्न उमेर समुहका ५ सय ९७ जना फेला परेका छन् । सोही अवधीमा हराएका ३ सय ३८ जना भने फेला परेका छैनन् ।

तीन वर्षमा हराएका ४ सय २७ जना महिला मध्ये २ सय ४८ फेला परेका छन् । तर सोही समयमा हराएका १ सय ७९ जना महिला अझै फेला पर्न सकेका छैनन् । प्रहरीका अनुसार तीन वर्षको अवधीमा हराएका २ सय २६ जना पुरुष मध्ये १ सय ३२ जना फेला परेका छन् । भने ९४ जना पुरुष प्रहरीको रेर्कडमा बेपत्ताको सूचिमा छन् । सोही समयमा जिल्लाबाट हराएका १ सय २८ बालक मध्ये १ सय १ जना फेला परेका भएपनि २७ जना अझै भेटिएका छैनन् । १ सय ५४ जना बालिका तीन वर्षको समयमा भक्तपुरबाट हराएपनि १ सय १६ जना भने फेला परेका प्रहरीको तंथ्याक रहेको छ । जसमध्ये ३८ जना बालिका फेला पर्न सकेका छैनन् ।