तीजमा विकृतिः दर खाने बहानामा ह्विस्कीको चुस्की लिदैँ रमीता गर्ने काँहाको सभ्यता हो, चेली ?

187
तस्विरः लेखक हेमराज ढकाल

-हेमराज ढकाल

हिन्दु नेपाली नारीहरुले मनाउने सांस्कृतीक,सामाजीक महत्व बोकेको सुन्दर पर्व हरितालिका तीज आउन केही समय बाकी छ । तर पनि नेपाल मात्र नभएर न्पाली नारी बसोबास रहेको देशमार मुलुककै बजार चोक गल्ली र घर घरमा तिजको रौनक पनि छाईसकेको छ । हिन्दु धर्म ग्रन्थ अनुसार भगवान शिवलाई पति पाउ भनेर माता पार्वतीले गरेको व्रतको प्रभावले शिवनै स्वामी पाएको धन्ने धर्मीक जनविश्वास रहदै आएको छ ।

इतिहास कालखण्ड समय र परिस्थिती अनुसार हरेक वस्तु चिज परिर्वतन शिल भए झै यही परिर्वतनको तीज पर्वमा पनि देखीन थालेको छ । प्रस¨ हामी नेपालीहरुको घर आगनमा हाम्रो दिदी बहिनीहरुले मनाउने तीज पर्वको विरोधमा होइन यस भित्र मौलाएको विकृतिको विरुद्धमा मात्र हो । तिज पर्व एउटा यस्तो सामाजिक महत्व भएको सामाजीक पर्व हो जस्ले आÏनो जन्म घर भन्दा सात डाँडा पारी कर्म घर बनाएर पठाएकी चेलीको दुःख पिर कष्ट बाट केहि दिन भएपनि छुट्कारा दिने चाडको रुपमा हेरीन्छ ।

आजभोलीको जमाना जती नै सञ्ंचारका साधनहरु इन्टरनेट,सामाजीक सञ्ंजाल र मोवाइलको भए पनि चेलीलाई फोन अन्य साधनमा कुरा गरेर माइतीको सम्झना मेट्न कहिल्यै पनि सक्दैनौ । महिलाले महिलालाई दुख दिने परिपाटी जस्तो सासु,नन्द आमाजु र जेठानीले गरेको दुव्यवहार, दिनभर जुवातासमा भुल्दै बेलुका भएपछि रक्सीमा खुट्टा लरबराउदै घर आएर श्रीमती कुट्ने पुरुषको आचारण विरुद्ध यो पर्वले इतिहास बनाउदै चेली र माइतीको सम्बन्धमा निकटता ल्याउने गर्दथ्यो । तर शहरमा बसोबास पढेका र पढ्न जान्ने नारीले नै सांस्कृतिक महत्वको साथ साथै तीज जस्तो सामाजिक पर्वको धज्जी उडाएका छन् । गर्नलाइ ठुला ठुला कुरा गर्नेहरु नै चाड मनाउने नाममा शहरका पाटीप्यालेसमा वियरका बोतल हल्लाउदै हलीउड र वलीउडका सगिंतमा मस्त झुमेकाहरुले नै आजभाली एउटा पर्वको स्वरुपमा कालो धसेका छन् । दर खाने बहानामा धेरै खर्च गरेर पार्टी प्यालेस, होटल र रेष्टुरामा गएर ह्विस्कीको चुस्की र रम खाएर रमीता गर्ने काँहाको सभ्यता हो ? दर खाने दिनमा साथीसंगी मिलेर मदिरा पान नगरी सभ्य सुन्दर ढगंले रमाइलो गर्दै पर्व मनाएर भोलीपल्ट आफ्नो स्वास्थ्यको समेत ख्याल गरेर व्रत बस्नु पर्दछ । परिवारजनको दिर्घायु र सुख प्राप्तीको लागि ब्रत बस्नु सगैं आÏनो स्वास्थको पनि ध्यान दिइएन भने कहिले काहि अस्पतालको बेड सम्म पुग्नु पर्ने हुन्छ । भने स्वास्थ खराब भएकाहरुले ब्रतबाट पनि हानिकारक नै हुन्छ ।

हामीमा रहेको केहि खराब प्रवृतीले गर्दा हिन्दु धर्मको नकारात्मक सन्देश फैलाउने तत्वहरुलाई समेत चाडपर्व मनाउने क्रममा हामीले गर्ने असभ्यपनले प्रसय मिलेको छ । ३३ प्रतिशत अधिकार माग्नेहरु नै अरुको अधिकार हनन गरीरहेका छन् तर स्वर भने उनीहरुकै चर्को छ । सि¨ापुरे सारी हङकङको चस्मा र बेलायती अत्तर छर्किदैमा कोही ठुलो र सचेत नागरीक हुदैन । अर्को तिर घरानीया पढेका र बुझेका नारी महोदयहरुलेनै घरमा बाल श्रमीक राखेका छन अनी तिनै बालीको श्रमको मात्र होइन लोग्नेको हवसको सिकार बनाउन मद्धत गरिरहेको खबर कहिले काहि सुनीदै आएको पनि छ । हामी आÏनो अधिकार मागेर होइन लडेर लिन सक्छौ भन्नेहरुले दाइजो नल्याएको निहुमा आÏनै बुहारीलाई आगो लगाएका छन । बैदेशीक रोजगारीको गएको श्रीमानले खाडी पसिना बगाएको पैसा यता नेपालमा श्रीमतीको चाड मनाउने नाममा खर्च हुनु पक्कै पनि सकारात्मक होइन ।

चाडको महत्व नबुझी समय अगावै पश्चायत शैलीमा दर खाने परिपाटी, साडी र चोलोको बहाना फिल्मी नायीकाको नक्कल अनावश्यक खर्च गर्ने बानीले एउटा मात्र कारणले नभएर धेरै कारणले पर्वको महत्वमा आचँ आउन थालेको छ । तिजको किनमेलको नाममा पैशा हुनेले त लाखौ खर्च सक्छन तर के नहुने पनि चाड नमानन्नु ? त्यसो होइन सामाजीक मर्यादामा रहेर हामीले यो पर्व हर्ष उल्लासको साथ मनाउनु पर्दछ भन्ने सन्देश दिनु सबैको कर्तव्य हो ।

हाम्रो देशको यो हालतमा ल्याउन नेतालाई गाली गरे जस्तै यो विरोधका केही शब्द नेपाली दिदीबहीनीहरुको पर्व तिजमा विकृती घोल्नेहरुको विरुद्ध मात्र हो । सबै चेलीहरु प्रती मेरो नकारात्मक आसय पनि होइन जो घरमा बालबच्चा पढाउन घरमा टिनको छानो लगाउन दिनरात नभनी इजरायल र लेवनान र खाडी मुलुकमा पसिना बगाएका छन उनीहरु प्रती मेरो सलाम छ ।

मुलुकको बढ्दो बेरोजगारी समस्याले गर्दा वार्षिक ५ लाख ३२ हजार युवायुवतीहरु श्रमको लागि विदेश जाने गरेका छन । बढ्दो महगीको भारमा थोरै पैसा भएपनि सन्ततीको भविष्यको लागि नेपाली दाजुभाइहरु सगं काधमा काध मिलाउदै हजारौ चेलीहरु परदेश लागेका छन । बैदेशीक रोजगारीको सिलसिलामा यो वर्ष मात्र ३० हजार हाराहारी चेलीहरु विदेश लागेका छन । नेपालको धेरै गाउ ठाउ र बस्ती युवायुवती बिहिन बनी सकेको छ । मानिस मर्दा मलामी पाउन कठिन हुने अवस्था सिर्जना भइरहँदा पनि शहरमा भने हरेक वर्ष आउने तीजको भने रौनक यतिकै बढ्दै गएको छ । तर विदेशवाट आएको रेमिट्यान्सको भरमा चलेको मुलुकमा पर्वको नाममा हुने वेमतलवी खर्चले विदेशमा बगाएको पसिनाको अवमूल्यन गरेको जस्तो देखिन्छ ।

वर्षको एक पटक मनाउने हाम्रो चाडको राम्रो सन्देश फैलाउन सक्नु पर्दछ । नत्र सन्ततीलाई हामीले पुर्खावाट पाएको यो उपहार सहि ढगंले दिन सकेनौ भने यस्को के महत्व के अर्थ रहन्छ ? आजभोली तीजमा विकृती र विसंगती थप्न नेपाली गित सगिंतले पनि उत्तीकै स्थान थपे जस्तै देखिन्छ । महिलाहरुको रोदन भन्दा तिजका गितमा छाडा शब्द छोटा छोटा पोशाकमा आÏनो उखरमौलो जवानी हल्लाउनेहरुको पनि उत्तीकै स्थान छ । त्यसैले भनिन्छ एउटा नारी जव मन देखी सुन्दर हुन्छे उस्ले आÏनो घर मात्र होइन देश निर्माणमा पनि योगदान दिन्छे । नारी कोही आमा, दिदिबहीनी, भाउजु बुहारी र एउटी चाही पुरुषको सारथी पनि हुन्छे जस्लाई जिवन संगी भनिन्छ । नारीहरुको महत्व पनि व्यवहारमानै झल्किने हुदाँ सभ्य शुसिल हुदै नेपाली पर्वको रक्षा गरौ, तपाइ जहा भए पनि रमाइलो गर्दै तीज मनाउनुहोस शुभकामना ।