हतियार सहित दुई भारतीय पर्सामा पक्राउ

199

भदौ
पर्सा । १२ बोरको हतियार त्यसमा लाग्ने ५ वटा एलजी बुलेट गोली र ६० केजी गाँजासहित फरक–फरक ठाउँबाट पर्सा प्रहरीले २ भारतीयलाई पक्राउ गरेको छ। भारतमा घर भई नेपालमा अवैध गतिविधिमा संलग्न रहेका दुवैलाई पर्सा प्रहरीले फरक( फरक ठाउँबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण हरैया गाउँपञ्चायत घर भएका रोशनकुमार कोइरी र भारतको पूर्वी चम्पारण मोतिहारीका सञ्‍जय सहनी रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सत्यनारायण थापाले बताए। कोइरी पर्साको विन्दवासिनी गाउँपालिका(३ अमरपट्टीबाट १२ बोरको पेस्तोल १ थान र त्यसमा लाग्ने एलजी बुलेट ५ थानसहित पक्राउ परेका हुन्। उनको शंकाजनक हाउभाउ देखेर प्रहरीले चेकजाँच गर्दा हतियार र गोलीसमेत फेला परेको प्रहरी प्रवक्ता थापाले बताए। विगतमा झैँ भारतमा घरभई नेपालमा अपराधिक घटनामा संलग्न हुनेहरुको संख्या केही सयम यता पातलिएको भए पनि मंगलबार साँझ भने फेरि अवैध हतियारसहित पर्सामा सहनी पक्राउ परेका छन्। आपराधिक गतिविधिमा जुनसुकै जातधर्म वा देशको व्यक्ति पनि संलग्न हुन सक्छ। हरेक देशका प्रहरीको मुख्य कर्तव्य अपराध र अपराधीलाई न्यूनीकरण गर्ने नै हुन्छ उनले भने। त्यसैगरी सञ्‍जय सहनी भने वीरगन्ज महानगरपालिका वडा नम्बर २९ परवानीपुरबाट भारतीय नम्बर प्लेटको सुजुकी कम्पनीको गाडी बीएल९बी। सिक्युएस ५३०९ मा गाडीको पछाडिको सिटमुनि फल्स बटम बनाई ६० केजी जति गाँजा लिएर भारततर्फ जाँदै गर्दा पक्राउ परे। पक्राउ परेका दुवै अभियुक्तलाई अहिले जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर थप अनुसन्धान भइरहेको पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले बताए।