एउटै पासोमा दुई प्रेमी

112

भदौ १३,
सिन्धुलीपाल्चोक । दुई प्रेमी मेलम्च नगरपालिका सिन्धुकोटको जंगलमा आत्महत्या गरेका छन् । जाजरकोट छेडागाडा नगरपालिका १३ कार्कीगाउँका २३ बर्षका चन्द्रसिंह ठकुरी र मेलम्ची नगर तालामाराङकी १५ बर्षीया फुलमाया तामाङ कटुसको रुखमा एउटै डोरीमा भुन्डिएको अवस्थामा आईतबार फेला परेका हुन् । ७ महिनाअघि जाजरकोटबाट मेलम्ची नगरपालिकाको मानेभञ्ज्यामा आवास निर्माणका लागि आएका ठकुरीसहित साउन ७ गते तालामाराङ गाउँका दुइ जोडी युवायुवती एकै पटक हराएका थिए ।हराएका युवतीध्ये फुलमाया ठकुरीसँगै झुन्डिएको अवस्थामा फेला परेकी हुन् । अर्की १५ बर्षीया युवती र युवक २५ बर्षीय अमृत रोकाय भने हराएकै दिन राति आफै घर फर्किएका थिए ।