तमु समाजको ‘छात्रवृत्ति’का लागि कार्यक्रम

73

भदौं १४,
काठमाडौँ । तमु समाज, बेल्जियमले नेपालमा अध्यनरत विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले ‘बार्बक्यु’ कार्यक्रम आयोजना गरेको छ । आर्थिक अवस्था कमजोर भएर विद्यालय जान नसकेका विद्यार्थीलाई पढाइ खर्च उपलब्ध गराउने उद्देश्यले बेल्जियमको ल्युभेनमा शनिबार सो कार्यक्रमम आयोजना गरिएको समाजका महासचिव सूर्यबहादुर गुरुङले राससलाई जानकारी दिनुभयो । ब्रसेल्सस्थित नेपाली दूतावासका प्रतिनिधि सुधिर भट्टराईले सबै नेपालीलाई दूतावासबाट पाउने सेवा तथा सुबिधाबाट बञ्चित नगरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।