भाग्य रेखाः हुन्छ जीवन गति यस्तो

180

भदौं १४,
धर्म । धेरै मानिसहरु भाग्य रेखामा कत्तिको विश्वास गर्दछन् । के तपाईलाई थाहा छ मानिसको हत्केलामा हुने भाग्य रेखाले जीवनका कति कुराको निर्धारण गर्दछ ? जीवनमा सफलता र असफलता भाग्य रेखा अनुसार मिल्ने ज्योतीसशास्त्रहरु बताउने गर्दछन् । त्यस्तै हाम्रो हातमा हुने भाग्य रेखाले सफलता र असफता निर्धारण गर्ने पनि बताउँछन् । जस्तै मानिसको हत्केलामा हुने भाग्य रेखाले जीवनका धेरै कुरा निर्धारण गर्दछ । कहाँ हुन्छ भाग्य रेखा ? तपाइको हत्केलाको मध्य– भागमा माझी औंलाको फेदसम्म पुगेको हुन्छ, भाग्य रेखा । त्यहाँको भागलाई शनि पर्वत भनिन्छ । र हत्केलाको कुनै भागबाट शुरु भएको रेखा शनि पर्वतमा आइपुग्छ भने त्यही नै भाग्य रेखा हो ।

खासमा भाग्य रेखा कहाँबाट शुरु हुन्छ र कसरी शनि पर्वतमा पुग्छ भन्ने कुराले मान्छेको भाग्य कस्तो छ भन्ने थाहा हुन्छ । जुन व्यक्तिको हत्केलामा भाग्यरेखाको उदगम चन्द्र पर्वतमा हुन्छ, त्यस्ता ब्यक्तिलाई स्त्रीको सहयोगमा भाग्य चम्किन्छ । कुनै स्त्री जीवनमा आउनासाथ यस्ता ब्यक्तिको प्रगति हुन्छ । त्यस्तै कुनै केटीको हातमा यस्तो भाग्य रेखा भएमा पुरुषको सहयोगमा भाग्य चम्किन्छ । विहेपछि जुन काममा हात हाले पनि सफल हुन्छ । जुन ब्यक्तिको भाग्य रेखा जीवन रेखाबाट शुरु हुन्छ त्यस्ता ब्यक्तिले जीवनमा मेहनतबाट सफलता पाउँछन् । त्यस्तै भाग्य रेखा हत्केलाको मध्यभागबाट शुरु हुने ब्यक्तिको जीवनमा धेरै संघर्ष गर्नुपर्छ । युवा अवस्था पुगेपछि मात्र यिनीहरुलाई भाग्यले अलि साथ दिन्छ ।