१४ नवजात शिशुको लाश भेटियो

94

भदौँ १७,
एजेन्सी । दक्षिण कोलकाताको हरदेवपुर इलाकामा १४ नवजात शिशुको लाश भेटिएको छ । लाश भेटिएसंगै उक्त इलाकामा सनसनी मच्चिएको भारतीय संञ्चार माध्यमहरुले जनाएका छन् । शिशुका लाश टिनले बारिएको अवस्थामा रहेको खाली जमिनमा सफाई मजदुरले फेला पारेका थिए । भारतीय प्रहरी यसबारे अनुसन्धान गरिएको जानकारी दिएको छ । प्रहरीको अनुसार प्लास्टिकमा बेरिएको अवस्था बच्चाहरुको शव भेटिएको हो । प्रारम्भिक अनुमान अनुसार गर्भपतन गरेर शव फयाँकिएको आशंका गरिएको छ ।