डाक्टरहरूको आन्दोलनले बिरामी मारमा

104

भदौ १८,
काठमाडौं । धादिङ किरानचोकका कृष्ण अधिकारी आफ्नो साढे दुई वर्षको छोरालाई ज्वरो आउने र बेहोस भइरहने समस्या भएकाले उपचारका लागि आइतबार कान्ति अस्पतालमा लिएर आए। तर डाक्टरहरूको हडतालले गर्दा उपचार गराउन पाएनन् र घर फर्किए। सोमबार पुनस् जँचाउन छोरालाई लिएर आएका उनले ओपिडीमा चिकित्सक नभएपछि अस्पतालकै प्रांगणमा डुलिरहेका छन्। उले भने, ‘हिजो आउँदा डाक्टरहरूको आन्दोलन छ भन्दै बन्द थियो। आज डाक्टर भेटिएन गाउँकै अस्पतालमा उपचार गर्दा सन्चो नभएर यहाँ ल्याएको, झन् छोराको उपचार गर्न अब के गर्नुरु‘ यस्तै पीडा छ सप्तरीबाट आमाको उपचार गराउन शिक्षण अस्पतालमा आएका ज्ञानेन्द्र यादवको पनि। शिक्षण अस्पतालको प्रांगणमा भेटिएका उनले भने, ‘हिजो आउँदा डाक्टर भेटिएन आज भीड छ।‘ यी प्रतिनिधि घटना मात्र हुन्। अस्पतालमा आएर उपचार गर्न नसकेर घर फर्किने बिरामी धेरै छन्। मुलुकी अपराध संहिता, २०७४ ले आफूहरूलाई अपराधीको संज्ञा दिएको भन्दै चिकित्सकहरू चरणबद्ध आन्दोलनमा उत्रिएपछि त्यसको मार बिरामीहरूलाई परेको छ। दैनिक १८ सय बढी बिरामी उपचारमा आउने शिक्षण अस्पताल र दैनिक ४०० बढी बिरामी ओपिडीमा आउने कान्ति बाल अस्पताल जस्ता देशका ठूला अस्पतालका चिकित्सकहरू आन्दोलनमा उत्रिएपछि बिरामीहरू त्यसको मारमा परेका हुन्। आन्दोलनमा उत्रिएका चिकित्सकहरूले आइतबार नेपाल मेडिकल काउन्सिल पुगेर चिकित्सक दर्ता प्रमाणपत्र ९लाइसेन्स० फिर्ता गरेका छन्। चिकित्सकहरूलाई उक्त संहिताले अपराधीको संज्ञा दिएको भन्दै आइतबार बिहान आकस्मिकबाहेकका सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका चिकित्सकहरूले माइतीघरबाट नयाँ बानेश्वरसम्म र्‍याली निकालेका थिए भने सोमबार देशभरका स्वास्थ्य संस्थामा प्रशासनिक काम बन्द गरिरहेका छन्। यसले गर्दा अस्पतालले बिरामीका लागि दिने जन्म प्रमाणपत्र, मृत्यु प्रमाणपत्र तथा निगोरिताको प्रमाणपत्र जस्ता सेवाहरू रोकिएका छन्। नेपाल चिकित्सक संघको आह्वानमा देशभरका डाक्टर तथा स्वास्थ्यकर्मी आन्दोलनमा रहेकाले आज प्रशासन बन्द गरेका हुन्।