भालुको पित्त प्रकरणः १५ वर्ष कैद र १० लाख जरिवाना गर्न वन कार्यालयले प्रक्रिया बढायो

82

भदौ १८,
दार्चुला । भालुका पित्तसहित पक्राउ परेका दुई अभियुक्तलाई १५ वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवाना हुने भएको छ। २५ असारमा महाकाली नगरपालिका वडा नम्बर ४ बांगाबगड क्षेत्रबाट ६ थान भालुको पित्तसहित दुई जनालाई प्रहरीले प्रकाउ गरेको थियो। प्रकाउपछि जिल्ला वन कार्यालयको जिम्मा लगाएकोमा यस्तो घटना जिल्लामा पहिलो भएका कारण कारबाही प्रकियामा अन्‍योलता देखिएको थियो। आवश्‍यक परामर्शपछि कार्यालयले साइटिस महासन्धिको प्रावधानमा टेकेर अघि बढ्ने निर्णय गरेको हो। यो महासन्धिमा भालुको पित्तसम्बन्धी मुद्दामा पाँचदेखि १५ वर्षसम्म कैद र पाँचदेखि १० लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ। यही व्यवस्थाअनुसार भालुको पित्तसहित प्रकाउ परेका हुम्लाका बम रेकश शाही र व्यास गाउँपालिका( ६ हुती दार्चुलाका धनसिंह धामीलाई कारबाही प्रकिया अघि बढाइएको हो।