नेकपाका नेता दंगालले छोरीको जन्मदिन मानव कल्याण समाजमा यसरी मनाए

146

भदौं २०,
भक्तपुर । नेकपा भक्तपुर जिल्ला कमिटिका सदस्य तथा युवा पर्यटन व्यवसायी दामोदर दंगाल र उनकी श्रीमती नारायणी फुयाँल (दंगाल)ले कान्छि छोरीको जन्मदिन मानव कल्याण समाजमा मनाएका छन् । हिजो भदौं १९ गते परेको छोरी देभनाको १६ औं जन्मदिनका अवसरमा भक्तपुरको चाँगुनारायण नगरपालिका वडा ७ मा यातु महादेव नजिकै रहेको मानव कल्याण समाजमा नेता दंगालले खाद्य सामाग्री सहयोग गरेर छोरीको जन्म दिन मनाएका हुन् । नेता दंगालले जन्मदिन मनाएर फजुल खर्चगर्नु भन्दा छोरीको जन्मदिनको अवसरमा मानव कल्याण समाजमा सहयोग गर्दा पुण्य प्राप्त हुने बताए ।

दंगालको परिवारले दैनिक उपभोग्यवस्तु चामल, दाल, तेललगायत समाग्री सहयोग छ । स्थापना भएसंगै विभिन्न सहयोगी हातहरुले आफ्नो र परिवारका सदस्यकोे जन्मदिन वा अन्य अवसरमा मानव कल्याण समाजलाई नगद र जिन्सी सहयोग गर्दै आइरहेका छन् । मानव कल्याण समाजले सडकमा अलपत्र अवस्थामा रहकका असाहय, अशक्त, मानसिक रोगीहरुको उद्धार गर्दै सेवाघरमा लगेर आश्रय प्रदान गर्दै आइरहेको छ । समाजको सेवा घरमा हाल ३ महिनाकी बालिकादेखि ७५ वर्षका वृद्ध समेत गरेर २४ जना आश्रयरत रहेका संचालिका सुमित्रा चौलागाईले जानकारी दिएकी छन ।