अध्यक्ष पुष्पकमल दाहालको भारतका गृहमन्त्री राजनाथ सिंहसँगको भेट

भदौ २३,
काठमाडौं । नेपाल( भारत सिमानामा हुने आपराधिक घटनामा भारत गम्भीर बनेको छ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले भारतका गृहमन्त्री राजनाथ सिंहसँगको भेटमा सिमानामा हुने लुटपाटका घटनाबारे ध्यानाकर्षण गराएका थिए ।
सो क्रममा भारतका गृहमन्त्री सिंहले समस्या समाधानका लागि चासो दिएको दाहालको सचिवालयले जनाएको छ । दाहालको सचिवालयका अनुसार सिंहले सीमा क्षेत्रका सबै अधिकारीलाई तत्कालै खबर गरी यस्ता किसिमका घटना घट्न नदिने प्रतिबद्धतासमेत जनाएका थिए ।दाहाल बिहीबार भारत प्रस्थान गरेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत अधिकारीहरूसँग भेटघाटको सूची छ । दाहालले शुक्रबार भारतीय गृहमन्त्री सिंहसँग भेट गरेका थिए ।

LEAVE A REPLY