ठूला दलका नेताले बुझाएनन् सम्पत्ति विवरण

67

भदौ ३०,
काठमाडौं । राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५३ को उपदफा १ बमोजिम साना दलका केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्यले आफ्नो चलअचलसहितको सम्पत्ति विवरण सार्वजनिक गरे पनि प्रमुख एवं राष्ट्रिय चार राजनीतिक दलले अटेर गरिरहेका छन् । नेपाल कम्युनिस्ट पार्टी नेकपा, नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपाल केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्यले अहिलेसम्म आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । राजनीतिक दलसम्बन्धी ऐनको दफा ५३ को उपदफा १ मा केन्द्रीय समितिका पदाधिकारी र सदस्यमा निर्वाचित भएको व्यक्तिले निर्वाचित भएको ६० दिनभित्र आफ्नो चलअचल सम्पत्तिको विवरण सिलबन्दी गरी दलको केन्द्रीय कार्यालयलयसमक्ष पेस गर्नुपर्नेछ ।