पुष्कर चौलागाईको लोकगीत ‘जाउँ घुम्न नगरकोट’ सार्वजनिक (भिडियो सहित)

276

असोज १,
काठमाडौं । पर्यटकीय क्षेत्र नगरकोटलाई आधार बनाएर लोकगीत सार्वजनिक भएको छ । सोमबार साझँबाट युटुवमा रिलिज गरिएको जाउँ घुम्न नगरकोट शिर्षको गीतलाई गायक पुष्कर चौलागाई र गायिका मिश्रा काफ्लेले स्वर दिएका छन् । गीतको शब्द संकलनमा स्वयम् गायक चौलागाई र अर्जुन पण्डित तथा लय संकलनमा गायक चौलागाई र सविता ढुंगानाको रहेको छ । गीतको म्यूजिक भिडियो निर्देशन किरण गौतम, छायाँकनमा मुकेश हुमागाई, सम्पादनमा अबिनाश डिसि रहेको छ । अभिनयमा किरण, विसाखा, गोविन्द र शुसिलाको रहेको छ । काभ्रे म्युजिकले यो गीतलाई प्रस्तुत गरेको हो ।