प्राविधिक तथा व्यावसायिक शिक्षा राष्ट्रिय विद्यालय सञ्जालको अधिवेशन मंसिरमा

202

असोज १,
भक्तपुर । प्राविधिक तथा व्यावसायिक शिक्षा विद्यालय केन्द्रीय सञ्जाल प्राविधिक तथा व्यावसायिक शिक्षाको कक्षा स्नातक तहसम्म संञ्चानल गर्न माग गरेको छ । प्राविधिक तथा व्यावसायिक शिक्षा राष्ट्रिय विद्यालयको राष्ट्रिय भेलाले विभिन्न सात बुदाँमा निर्णय गर्दै सरकारीस्तरबाट मुलुकको लागि चाहिने दक्ष जनशक्ति उत्पादन गर्ने यस्ता विद्यायलयलाई उचित व्यवस्थापन गर्न आग्रह गरिएको छ । नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षा, सिभिल इन्जिनियरीङ, बन विज्ञान, पशु विज्ञान, कम्प्युटर विज्ञान लगायतका विषय अध्यापन हुदैं आएको छ ।

प्राविधिक तथा व्यावसायिक शिक्षा संञ्चालनमा नीतिगत समस्या भएको भन्दै त्यसतर्फ सरोकार वाला निकायले ध्यान दिनु पर्ने समेत संञ्जालन आग्रह गरेको छ । निजि स्तरबाट धेरै नै प्राविधिक शिक्षा अध्ययन गराउने विद्यालय खुलेका भएपनि शुल्क महगोँ र एकरुपता नहुनाले न्युन आय स्तर नभएका विद्यार्थी विगतमा यो शिक्षा लिन बञ्चित भएका थिए ।
तर २०७० साल यता सामुदायिक विद्यालयमा ९ कक्षादेखि नै प्राविधिक तथा व्यावसायिक शिक्षाका विभिन्न विद्यालय संञ्चालन भएदेखि यस तर्फ विद्यार्थीहरुको रुचि बढदैं गएको देखिन्छ ।

सञ्जालका अध्यक्ष रहेका श्री पद्म उमाविका प्राचार्य राम हाडाका अनुसार भेलाले आगामी २०७५ मंसिरको अन्तिम हप्ता राष्ट्रीय महधिवेसन काठमाण्डौमा गर्ने निर्णय गरिएको बताए । वसन्त मा वि वसन्तपुर तेह्रथुमका स्वर्गीय प्र अ उद्धव नेपालीको निधनमा शोकप्रस्ताव पारित गर्दै भेला समापन गरेको हो । देशभरका २ सय ८४ बिद्यालयमा संचालित प्राविधिक तथा व्यावसायिक धारको पढाइ हुने विद्यालय संञ्चालनमा छन् । जस मध्ये ९ कक्षादेखि १२ कक्षासम्म पढाई हुने करिव एक सय, ९ र १० कक्षा मात्र पढाई हुने एक र ८४ वटा विद्यालय नयाँ रहेका छन् । एसइईको परिक्षफल प्रकाशित भएको एक महिा वितिसक्दापनि प्रमाणपत्र नपाइको भन्दै सञ्जालनले शिक्षामन्त्री गिरिराजमणी पोखरेललाई ज्ञापन पत्र बुझाएको छ ।