भक्तपुरको सानोठिमी प्रहरी प्रभागका इन्चार्ज अख्तियारको फन्दामा

279

असोज ३,
भक्तपुर । महानगरीय प्रहरी प्रभाग सानोठिमीका इन्चार्ज (सईं) ज्योती विष्टलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । प्रहरी नायव निरीक्षक विष्टलाई मंगलबार अनुसन्धानको लागि नियन्त्रणमा लिइएको अख्तियार प्रवक्ता सह–सचिव रामेश्वर दंगालले जानकारी दिए । आयोगले गत शनिवार काठमाडौंको काँडाघारी र कोटेश्वरमा अप्रेशन गरेर ९ जना प्रहरी कर्मचारीलाई नियन्त्रणमा लिएको छ । अख्तियारको अप्रेशनका क्रममा सानोठिमी प्रभागमा कार्यरत प्रहरी सहायक निरीक्षक, असई सुवास ढुंगाना र अर्का एक जवान समेत पक्राउ परेका थिए । ‘स्टिङ अप्रेशनको क्रममा रंगेहात पक्राउ परेका प्रहरी–कर्मचारीको बयानका आधारमा सई बिष्टलाई नियन्त्रणमा लिइएइको हो’ अख्तियार प्रवक्ता दंगालले भने, ‘पक्राउ परेकाहरुलाई आयोगको हिरासतमा राखेर अनुसन्धान गरिरहेका छौं ।’ मनोहरा खोलाको बालुवा निकासीका लागि बालुवा बेचविखन गर्ने ब्यवसायीलाई डर, त्रास देखाएर १ लाख घुस लिँदै गरेको अवस्थामा अख्तियारले रंगेहात ९ जना प्रहरीलाई पक्राउ गरेपछि कोटेश्वर, काँडाघारी र सानोठिमी प्रभागको सेट नै परिवर्तन गरिएको छ ।