देशभरका निर्माण व्यवसायीलाई चुनाव लाग्योः अधिवेशनमा लोकतान्त्रिक र प्रगतीशिल समुहको चुनावी भिडन्त

98

असोज ३,
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको ११ अधिवेशन विहिबार (भोली) देखि सुरु हुदैँ छ । राजधानीको प्रज्ञा भवनमा प्रधानमन्त्री केपी शर्मा ओलीले अधिवेशनको उद्घाट गर्ने कार्यक्रम रहेको छ । विहिबार सुरु हुने अधिवेशनको बन्द सत्र शुक्रबार र शनिबार दुई दिन संचालन हुने महासचिव रामशरण देउजाले जानकारी दिएका छन् । महासंघमा ७ प्रदेश, ७७ जिल्ला संघहरु, २ सय ५२ एशोसिएट सदस्यहहरु, २ वटा वस्तुगतसंघ गरि १२ हजार ५ सय निर्माण व्यवसायीहरु आवद्ध रहेका छन् । महासंघ स्थापना भएको २७ वर्ष पुरा भएको छ । २ खर्ब लगानी रहेको यस व्यवसायले १५ लाख व्यक्तिलाई रोजगारी दिएको समेत महासविच देउजाले बताए । अधिवेशनमा देशभरबाट २ हजार ५ सयभन्दा धेरै निर्माण व्यवसायीहरुले सहभागीता जनाउने छन् ।

 

लोकतान्त्रिक र प्रगतीशिल समुह बीचको चुनावी भिडन्त
महासंघको ११ अधिवेशनका लागि लोकतान्त्रिक र प्रगतीशिल समुह बीचको चुनावी भिडन्त हुने देखिएको छ ।
निर्वाचन मार्फत तीन वर्षका लागि हुने महासंघको ५४ पदमा महत्वकाक्षी धेरै भएपछि टिकट पाउन भनसुन गर्नकै लागि राजधानी बाहिर रहेको व्यवसायी समेत केही दिन यतानै काठमाडौं आइसकेका छन् । सर्वसहमत गर्ने भन्दै पूर्व अध्यक्ष जीप छिरिङ लामा शेर्पा, रमेश शर्मा, सकुन्तलाल शिराचन, यक्षध्वज कार्की लगायतका रहेको ६ सदस्य समिति बनाएको थियो । तर समितिका सदस्यहरुले नै आफुखुसी अध्यक्षको उम्मेदवार घोषणा गरेपछि सर्वसहमतिको बाटो बन्द भएको छ ।
पूर्वअध्यक्षहरु सुकुन्तलाल हिराचन, यक्षध्वज कार्की वर्तमान महासचिव रामशरण देउजा, पूर्व वरिष्ट उपाधयक्ष रवि सिंह र लोकतान्त्री निर्माण व्यवसायीसंघका अध्यक्ष हुमनाथ कोइरालाले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।
लोकतान्त्रिका समुहबाट कसलाई अध्यक्ष बनाउने भन्ने टुंगो लागिसकेको छैन् । प्रगतिशिल समुहबाट यक्षध्वज कार्कीले उम्मेदवारीको घोषणा गरिसकेका छन् । कार्कीको समुहमा अन्य पदाधीकारी तथा सदस्यमा को–को रहने भने टुंगो लगाउन सकेको छैन् । महांसघको नेतृत्वको लागि असोज ५ गते १२ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता हुने समय रहेको छ ।