भोली शुक्रबारदेखि प्रर्दशनमा आउने ‘इन्टु र मिन्टु’को साल्सा डान्स (भिडियो सहित)

215

असोज ४,
काठमाडौं । रिलिजको एक दिन अगाडी फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ को शिर्ष गीत रिलिज गरिएको छ । सार्वजनिक इन्टु मिन्टु गीतमा नायक धिरज मगर र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले साल्सा डान्स गरेका छन् । भिडियो हेर्नुस्ः

सुजिल कर्मचार्यको शब्द, संगीत र स्वर रहेको सार्वजनिक गीतमा श्रेया सोतांगको फिमेल भोकल छ । भिडियोको कोरियोग्राफी विक्रम लामा र एञ्जिला खत्रीले गरेका छन् । फिल्ममा समावेश तीन गीतहरु सार्वजनिक भैसकेका छन् । रेनशा वान्तवा राईको डेव्यु निर्देशन रहेको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ धिरज मगरसँगै शारुक ताम्रकारको मुख्य भूमिका छ । फिल्म यही शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ । -Ramailochha