‘छक्का पञ्जा ३’ को प्रदर्शन मिति अन्यौलमा

223

असोज ४,
काठमाडौ । फिल्म ‘छक्का पञ्जा ३’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । प्रोमो रिलिज हुने तीन दिन अगाडी फिल्मको पोस्टर सार्वजनिक गरिएको हो । ‘छक्का पञ्जा ३’ को पोस्टरमा दिपकराज गिरी, दीपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल र बुद्धी तामाङ प्रस्तुत छन् । दिपाश्री निरौला निर्देशित छक्का पञ्जा ३ को पोस्टरमा प्रदर्शन मिति भने उल्लेख गरिएको छैन । शनिबार सार्वजनिक गरिने प्रोमोमा घटस्थापना या फूलपाती प्रदर्शन मिति तोकिने अड्कल छ । यद्पी फिल्मको प्रदर्शन मिति दशैं भनेर प्रचार गरिएको छ । सुपरहिट ‘छक्का पञ्जा’ को तेश्रो श्रृंखलालाई आमा सरस्वती मुभिज र आईएमईएले संयुक्त निर्माण गरेको हो । यो सिरिजमा प्रियंका कार्की र संजोगकोइराला लगायतको पनि अभिनय छ । हिट गीत पहिलो नम्वरमा निर्देशक निरौला, बर्षा राउत र स्वस्तिमा खड्काले पनि कम्मर मर्काएका छन् । फिल्मका दुई गीत सार्वजनिक भैसकेका छन् ।