गोली हानी विद्यालय व्यवस्थापन समिति अध्यक्षको हत्या,

176
सांकेतिक तस्विर

असोज ४,
सुनसरी– प्रदेश नम्बर १ स्थित सुनसरीको भुताहामा एक विद्यालय व्यवस्थापन समितिका अध्यक्षको गाली हानी हत्या भएको छ । भारतबाट आएको हतियारधारी समूहले रौयान नेसनल पब्लिक स्कुल व्यवस्थापन समितिका अध्यक्ष मौलाना खुर्सिद अन्सारीको गोली हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । मोटरसाइकलमा आएको हतियारधारी समूहले उनको बिहिबार गोली प्रहार गरी हत्या गरेका हुन् । हत्यापछि भागेका उनीहरुले सीमा नाकामा चेकजाँचमा बसेका प्रहरी टोलीलार्इ समेत गोली हानेर भागेको प्रहरीले जनाएको छ ।
गोली लागि प्रहरी जवान शिव पौडेल घाइते भएको बताइएको छ। अहिले जिल्ला सम्पूर्ण नाकाहरु शिल गरिएको प्रहरीले जनाएको छ ।