घुससहित वीरगञ्ज महानगरका अधिकृत र अन्य पक्राउ

89

असोज ४,
पर्सा । एक लाखसहित वीरगञ्ज महानगरपालिकाका शिक्षा शाखा अधिकृतसहित तीनजनालाई अख्तियारले नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान अयोगको हेटौंडा कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । शिक्षा शाखा अधिकृत ९विद्यालय निरीक्षक० मञ्जुर आलम, प्राविधिक सहायक नायब सुब्बा शशीभुषण प्रसाद साह र अरुण साह पक्राउ परेका हुन् । अरुणलाई लाठगल्लीमा रहेको विसमिल्लाह होटलबाट नियन्त्रणमा लिइएको र अन्य दुईजनालाई महानगरपालिकाको कार्यलयबाटै नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । स्थलगत मुचुल्का पछि अख्तियारको कार्यालय हेटौंडा हुँदै उनीहरुलाई आवश्यक कारबाहीका लागि काठमाडौं पठाइने छ ।फारुक इन्टरनेशनल एकेडेमीको कक्षा १ देखि ५ सम्म अनुमति दिने प्रायोजनका लागि १ लाख घुस लिएको स्रोतले जनाएको छ ।