भयानक दुर्घटना हुदाँ भक्तपुरमा दुइजनाको मृत्यु

135
सांकेतिक तस्विर

असोज ५,
भक्तपुर । अरनिको राजमार्गमा गएराती भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सूर्यविनायक–९ जगाती नजिकैं विहिबार राति बनेपा जाँदै गरेको बा २ ख ९४५४ नं बसले विपरीत दिशाबाट आउँदै गरेको बा८०प ६९५९ नं को मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट मोटरसाइकल चालक काभ्रे पनौती–९ सुनथानका ३५ वर्षीय सुदर्शन तिमल्सिना र मोटरसाइकलको पछाडि रहेका चितवन घर भई हाल मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर बस्ने १८ वर्षीया एलिशा अधिकारीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवती रमण शर्माले जानकारी दिएका छन् ।

दुर्घटनापछि घाइतेको उपचारका लागि भक्तपुर अस्पताल लगिएकामा अस्पतालले दुवैलाई मृत घोषणा गरेको थियो । प्रहरीले घटनापछि फरार रहेका बसका चालक काभ्रे बनेपा चारदोबाटोका ३३ वर्षीय सनम श्रेष्ठ र बसलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।