जब नयाँ आइफोनका नयाँ मोडलको बिक्री सुरु

203

असोज ६,
एजेन्सी । एप्पलले शुक्रबारदेखि आफ्ना तीन नयाँ आइफोनको मोडल आइफोन एक्सएस, आइफोन एक्सएस म्याक्स र एक्स आर बिक्रिका लागि खुल्ला गरेको छ । नयाँ मोडल बिक्रिका लागि राखेसँगै संसारभरीका सबै एप्पल स्टोर बाहिर खरिदकर्ताको लामो लाइन लाग्न सुरु भइसकेको छ । यीमध्ये धेरैजसो युवा छन् । युवाबीच आइफोनको क्रेज सबैभन्दा धेरै छ । यसैबीच सोसल मिडियामा आइफोन स्टोर बाहिर लागेको लाइनको तस्बिर भाइरल भइरहेका छन् ।