बालवालिकाहरुको अभिनय रहेको गीति नाटक “कुलत” प्रर्दशन गरिने

243

असोज ७,
भक्तपुर । विद्यालय तहमा अध्ययनरत किशोर किशोरीहरु बारेमा अभिभावकले सबै जानकारी लिन नसक्दा त्यसको परिणाम नकारात्मक रहन्छ भन्ने सन्देशका दिएको गीति नाटक “कुलत”को भक्तपुरमा प्रर्दशन हुने भएको छ ।
साना–साना नानिबाबुहरुको भूमिका रहेको यो गीति नाटक असोज १३ गते शनिबार भक्तपुरको बाराही मुभिजमा बिहान ११ः३० मा प्रदर्शन गरिने निर्माण पक्षले जानकारी दिएको हो । भक्तपुर सूर्यबिनायकस्थित रोसम इङ्गिल बोर्डिङ स्कुलमा आइतबार सञ्चारकर्मी माझ कुलतको प्रोमोको रिलिज गरिएको हो । विद्यालय जाने समया र विद्यालयपछि फिर्ता हुने समयमा परिवारले आफ्ना सन्तानको समयमको रेखदेख गर्न नसक्दा कलिला बिद्यार्थी कुलतमा फस्न सक्ने सन्देशका साथ यो गीति नाटक निर्माण गरिएको निर्माता लोकेन्द्र अर्यालले जानकारी दिए ।

सन्तानको भबिष्यलाई सोचेर अभिभावकले खाई नखाई आर्जन गरेको पैसाले आफ्नो सन्तानलाई विद्यालय पठाउने तर सन्तान कुलतमा फस्दा कस्तो अवस्था आउछ भन्ने सन्देश यो गीति नाटक कुलतले देखाउन खोजेको लेखक तथा निर्देशक लोकेन्द्र विश्वकर्मा चिदाकासले जानकारी बताए ।
साना नानीहरुको ब्यवहार र संगत कस्तो रहेको छ उनीहरुको अध्ययनको वातावरण कस्तो रहेको छ लगायत उनीहरुको दैनिकी व्यवहार प्रति अभिभावकले ध्यान दिन नसके त्यसको प्रतिफल सकारात्मक भन्दा नकारात्मक रहन सक्ने यो नाटकले देखाउन खोेजेको छ ।
गीति नाटकमा रोसम इङ्गिल बोर्डिङ स्कुल साथै सिद्धिदास सेकेण्डरि स्कुलका कक्षा २ देखि ९ सम्म अध्ययन गर्ने विद्यार्थीहरुको अभिनय रहेको छ ।