बेलायातमा ११ औं अभिव्यक्ति श्रंङखला सम्पन्न

189

असोज ८,
यूके । बेलायतको हाईवे कमबेमा नेपाली प्रतिभा प्रतिष्ठानले युद्ध साहित्य र सिद्धान्तकार कवि गणेश राई मंच प्रदान गरि ११ औं अभिव्यक्ति श्रंङखला भव्यताका साथ सम्पन्न भएको छ । शनिबार भएको कार्यक्रमा संस्थाको उपाध्यक्ष टंक वनेमको अध्यक्षता रहेको थियो । पूर्वअध्यक्ष दयाकृष्ण राईले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ पत्रकार खगेन्द्र नेपालीले युद्ध साहित्यलाई नजिकबाट महसुस गर्न दिनु भएकोमा श्री गणेश रार्ई धन्याबाद दिंदै यो भन्दा ९ बर्ष अघि पनि यसैगरी आफु उपस्थित हुन पाएको बताए । साथैं उनले ११औ श्रंङखला पनि उपस्थित हुन पाउँदाको खुसि अतुलनिय रहेको र यसै गरि यो संस्थाले निरन्तरता पाई रहोस भन्ने पनि कामना व्यक्त गरेका थिए ।

कार्यक्रमका बिशेष अतिथिहरूमा बेलायतमा स्थापित बिभिन्न संघ संस्थाका प्रतिनिधि ज्युहरू, नेपालबाट बेलायत यात्रामा रहनु हुने साहित्यकार मदन राई लामा, पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश खपांगी, जनजाति महासंघ बेलायतका अध्यक्ष जंग सुनुवार, कवि नेपाल मुक्तक प्रतिस्ठान बेलायतका सल्लाहकार डाक्टर रुपक श्रेष्टलगायत साहित्यकार कवि भगूवान चामलिंग, मेजर भुवानी पन्धाक र अन्य थुप्रै महिला दिदीबहिनीहरू साथै साहित्यकार, कवि गीतकार, गजलकारहरूको पनि उपस्थिति रहेको थियो । कार्यक्रमले कवयित्री, कथाकार भावना परिस्कृत सुनुवार, गीतकार अग्नि प्रसाद केदेन लिम्बू, गीतकार, कवयित्री तथा आख्यानकार जानु कम्बाङ्ग लिम्बु, कबि दिपक लिम्बू र गीतकार उमाकान्त गुरुङ गरि जम्मा पाँच जनालाई सम्मान तथा आजीवन सदस्यको प्रमाण पत्र प्रदान गरेको छ । मंंच प्रदान गरे बापत प्रतिभा प्रतिष्ठान बेलायतलाई हार्दिक धन्यबाद ज्ञापन गर्दै कवि श्री गणेश राईले युद्ध साहित्य र सिद्धान्तको बारेमा एक कार्यपत्र पनि प्रस्तुत गर्नु गरेका थिए । औपचारिक कार्यक्रम संस्थाकै महासचिव मिजाश तेम्बे लिम्बू संचालन गरेका थिए । अनौपचारिक कार्यक्रम सचिव अन्जु अन्जली संचालन गरेकी थिइन् ।