ठमेल सडक महोत्सव हुने

150

असोज ८,
काठमाडौँ । उनान्चालिऔँ विश्व पर्यटन दिवसका अवसरमा आगामी असोज ११ गते ठमेल सडक महोत्सवको आयोजना गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अगुवाईमा ठमेल पर्यटन विकास परिषद्ले पहिलो पटक सांस्कृतिक सडक महोत्सव आयोजना गर्न लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । परिषद्ले यसअघि नयाँ वर्षको सन्दर्भमा मात्र ठमेल सडक महोत्सव गर्दै आएको थियो ।

नेपाललाई विश्वभर चिनाउने प्रमुख पर्यटकीय क्षेत्र ठमेलसहित समग्र नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको परिषद्का अध्यक्ष समीर गुरुङले बताउनुभयो । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएकोमा त्यसलाई सहयोग पु¥याउने हेतुले पनि यस्ता गतिविधिलाई निरन्तरता दिइने उहाँको भनाइ छ । महोत्सवका अवसरमा विभिन्न जनजातिको १० वटाभन्दा बढी सांस्कृतिक नृत्य, झाँकी प्रदर्शनी र चर्चित ‘डिजे’का मनोरञ्जनात्मक कार्यक्रम राख्नुकासाथै खाना महोत्सवको समेत आयोजना गरिनेछ । रासस