बढाएको भाडा फिर्ता लिन अनेरास्ववियूको माग

197

असोज ९,
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आवद्ध अनेरास्ववियूले सार्वजनिक यातायातमा १० प्रतिशत भाडा वृद्धि गर्ने निर्णय तत्काल फिर्ता लिन माग गर्दै सत्तारुढ सरकारलाई दवाव दिन सुरु गरेको छ । अनेरास्ववियूले मंगलबार काठमाडौंको चाबहिलस्थित पशुपति बहुमुखी क्याम्पस अगाडि प्रर्दशन गर्दै यातायातमा १० प्रतिशत वृद्धि गरिएको भाडा तत्काल फिर्ता लिन सरकारलाई दवाव दिएको हो । दसैं जस्ता चाडपर्वको मुखमा जनताको अपेक्षा विपरित सरकारले जनघात हुनेगरी यातायातमा भाडा बढाउने निर्णय गरेपछि त्यसलाई तत्काल फिर्ता गराउन दवाव आन्दोलन सुरु गर्नु परेको अनेरास्ववियूका सचिव सुदेश पराजुलीले जानकारी दिए । अनेरास्ववियू पशुपति बहुमुखी क्याम्पस कमिटीले आह्वान गरेको प्रर्दशनमा सहभागिहरुले दुई तिहाई बहुमतको सरकारले जनताको अपेक्षा विपरितका काम गर्न नहुने भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । उनीहरुले सरकारलाई जनअपेक्षा विपरित कुनै पनि गतिविधि नगर्न पनि सचेत गराउदै यातायातमा बढाएको १० प्रतिशत भाडादर फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिए ।