निर्मला पन्त हत्या प्रतिवेदनः प्रहरीको अनुसन्धानमा गल्ती भएको निष्कर्ष

106

असोज ९,
काठमाडौं । साउन १० कन्चनपुरमा बलात्कारपछि हत्या भएकी बालीका निर्मला पन्तको हत्याबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले प्रतिवेदन बुझाएको छ । सरकारले कञ्चनपुर घटना विवादास्पद बन्दै गएपछि भदौ ७ मा छानबिन गर्न कारागार व्यवस्थापन विभागका महानिर्देशक मैनालीको नेतृत्वमा पाँच सदस्य छानबिन समिति गठन गरेको थियो। १५ दिनभित्र अनुसन्धान गरेर प्रतिवेदन बुझाउनु भने पनि अनुसन्धान जटिल बन्दै गएपछि १५ दिन म्याद थप गरिएको थियो । सहसचिव मैनाली नेतृत्वको समितिले मंगलबार गृहमन्त्री रामबहादुर थापा बादललाई प्रतिवेदन बुझाएको हो । समितिले बुझाएको प्रतिवेदनमा प्रहरीको अनुसन्धानमा गल्ती भएको निष्कर्ष निकालेको स्रोतको दाबी छ । ’प्रहरीको प्रारम्भीक अनुसन्धानमा केही लापरबाही देखिएको छ,’ समितिका एक सदस्यले बताए । प्रहरीले घटनाको मुख्य अभियुक्त बनाएका २४ वर्षीय दिलिपसिंह विष्टको डिएनए परीक्षण नमिलेपछि उनी रिहा भइसकेका छन् ।

समितिले अहिलेसम्म गरेको छानबिनमा घटना के भएको थियो ? प्रहरीको अनुसन्धान कस्तो देखियो ? एसपी विष्टको नेतृत्वले गरेको अनुसन्धानमा के कमजोरी थियो ? थप अनुसन्धानको लागि सुझाव लगायत विषय प्रतिवेदनमा समेटिएको छ । साउन १० साथीको घरमा गएकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो । स्थानीय प्रहरीले छानविनमा लापरवाही गरेको भन्दै स्थानीयबासीले आन्दोलन गरेपछि स्थानीय प्रहरी र प्रशासनको नेतृत्व परिर्वतन गर्नुका साथै कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनालीको नेतृत्वमा छानविन समिति बनेको थियो । समितिको प्रारम्भीक अनुसन्धानको अनुसार नै गृहमन्त्रालयले तत्कालीन कञ्चनपुर जिल्लाका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट, डिएसपी अङ्गुर जिसी, ज्ञानबहादुर सेती लगायत ६ जना प्रहरीलाई निलम्बित भइसकेका छन् ।