बोजीनी नगरकोट रिर्सोटमा चंङ्गा चेट प्रतियोगीता हुदैं

87

असोज १०,
नगरकोट । पर्यटकीय क्षेत्र सुडाल नगरकोटमा रहेको बोजीनी नरगकोट रिर्सोटले चंङ्गा चेट प्रतियोगीता आयोजना गर्ने भएको छ ।
चाँगुनारायण नगरपालिका वडा नम्बर ८ सुडालमा रहेको यस रिर्सोटले बिजया दशमीको अवसर पारेर यहिँ असोज १५ गतेदेखि २६ गतेसम्म उक्त प्रतियोगीता गर्न लागेको हो । प्रतियोगीतामा पहिलो स्थान प्राप्त गर्नेले पुरस्कार स्वरुप रिर्सोटमा एक जोडीलाई बेलुकाको खाना, रुम र बिहानको नास्ताको व्यवस्था गर्ने छ । दोस्रो स्थान ल्याउनेले एक जोडीलाई बेलुकाको रुम र बिहानको नास्ताको व्यवस्था गर्ने छ । तेस्रो स्थान प्राप्त गर्नेले एक जोडीलाई बेलुकाको रुम व्यवस्था गर्ने रिर्सोटका व्यवस्थापक बिवेक ढकालले जानकारी दिएका छन् ।