दुर्लभ पाटेबाघको सङ्ख्यामा कमी देखिएपछिः निकुञ्जको अध्ययन गरिँदै

183

असोज १०,
रत्ननगर । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ पाटेबाघको सङ्ख्यामा कमी देखिएपछि बाघ र गैँडाको सङ्ख्या बहन गर्नसक्ने क्षमता (क्यारिङ क्यापासिटी)को अध्ययन गरिने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले निकुञ्जको बहन गर्नसक्ने क्षमता९क्यारिङ क्यापासिटी० कति छ भनेर अध्ययन गर्न लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार विभागका इकोलोजिष्ट लक्ष्मण पौडेलको संयोजकत्वमा टोली बनाइएको छ । जसमा विदेशी विशेषज्ञको समेत सहभागिता रहने छ । हालैको प्रतिवेदनअनुसार यहाँ पाँच वर्षमा २७ बाघ घटेको देखिएपछि निकुञ्जमा पहिलोपटक यसरी अध्ययन गर्न लागिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जमा कुन वन्यजन्तुको कति बहन गर्नसक्ने क्षमता छ भनेर अहिलेसम्म अध्ययन भएको छैन । चितवन निकुञ्ज करीब ९५३ वर्ग किलोमिटरमा फैलिएको छ । यहाँको मध्यवर्ती क्षेत्र भने करीब ७२९ वर्ग किलोमिटरमा फैलिएको छ । सन् २०१३ को अनुगमनमा चितवन निकुञ्जमा १२० बाघ थियो । यसपटक ९३ मात्रै बाघ पाइएको छ । सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने सरकारी लक्ष्य रहेकाले पनि क्षमताको अध्ययन जरुरी रहेको निकुञ्ज विभागको भनाइ छ । पछिल्लो गणनामा चितवन निकुञ्जमा ६०५ गैँडा रहेको तथ्याङ्क छ । निकुञ्जमा हात्ती, भालु, गौरीगाई, चितुवा, जरायो, चित्तललगायत ठूला जनावरको समेत महत्वपूर्ण वासस्थान हो । रासस