चारयुग कै प्रथम तथा अन्तिम महायज्ञ समापन

390

-सन्तश्री स्वामी सेवक,
काठमाडौं १४ बल्खु भुवनेश्वरी मन्दिर परिसरमा श्री संकट मोचन हनुमान मन्दिर सेवा समितिको आयोजनामा २०७५÷४÷१० देखि २१ सम्ममा संकट मोचन अखण्ड हवन तथा शिवपुराण महायज्ञ समपन भएको थियो । यज्ञको उद्घाटन समारोहलाई सम्वोधन गर्दै राधाकृष्ण मैनालीले नेपाल सरकारले गुरुयोजनामा राखेको श्री संकट मोचन धाम अब बनाउन ढिला गर्ने नहुने गरे राष्ट्रलाई नै संकट आउने विषयमा चर्चा परिचर्चा गर्नु भएको थियो । समापनमा डा.प्रकाशचन्द्र लोहनीले नेपाल सरकारले धाम बनाउन पहल गर्नुपर्ने विचार राख्नु भयो ।

१. शिवपुराण कथा तथा प्रवचन वेद बेदान्त दर्शनका आधारमा
शिवपुराण कथा तथा प्रवचन वेद बेदान्त दर्शनका आधारमा सन्त श्री १०८ माधव नन्दजीले गर्नु भएको थियो भने वैदिक सनातन अनुसार डिल्लीप्रसाद गौतमले गर्नु भएको थियो, संकट मोचन हनुमान धाम निर्माणार्थ सहयोग होस् भन्ने उद्देश्य भन्दा नि धर्तीमा एक मात्र विश्वमा नभएको विश्व संकट निवारण गर्ने धाम निर्माण स्थलमा १७ गोत्रले भूमिपूजा वैदिक सनातन धर्म अनुसार गरेको र त्यो कार्य अपूर्ण रहेको अवस्थामा संकट आउनेछ, आइरहनेछ । संकट आउँदैछ । त्यसकारणले संकट मोचन धाम बन्न आवश्यकता छ । वैदिक सनातन अनुसार गरेको कर्मको फल समुल नै नष्ट हुने चिन्ताले गर्दा संकट मोचन हनुमानको आदेशले सन्त श्री स्वामी सेवकको संकल्पमा तिन दिवसिये अखण्ड हवन यज्ञ नागरिक समाज राष्ट्र सर्वगोत्र सर्वसंकट निवारण होस् भन्ने लक्ष्य लिएर तिनदिन ९ जनाहरुद्वारा १००८ प्रकारको जडिबुट्टीको हवन सामग्रीद्वारा हवन गरी अन्तिम दिन ९ जना स्त्री ९ जना पुरुष गरी २७ जना बटुकद्वारा यज्ञ समापन गरिएको थियो । २७ नक्षेत्र १२ रासी भित्रका मानव जातिलाई संकट आएको आफ्नो आँखाले तीन दिनभित्र देखेपछाडि चारयुगकै प्रथम तथा अन्तिम यज्ञ समापन भएको कुरा सन्त श्रीस्वामी सेवक बताउनु हुन्छ विश्वास नै संसारको जगको आधार हो, संकट मोचन हनुमान धाम नै संकटको लागि राम वाण हो । अरु कुनै उपाए नै छैन, उमेरको नौ वर्षदेखि हनुमानको साधना, ध्यान जप–पाठ आराधना पूजा, होम यज्ञ हवन, गर्दै आउनु भएका सन्त श्री स्वामीसेवकले जीवनमा एउटा मात्र माग्दे आउनु भएको रै’छ त्यो भनेको संकटको निवारण कसरी हुन्छ ? व्यक्ति–व्यक्तिमा संकट घरघरमा संकट परिवार–परिवारभित्र संकट नागरिक नागरिक बिच संकट बाबुछोरी बीच संकट आमा छोरा बिच संकट, कुनै अकालमा मृत्य भएका संकट कुनै अथाहा धन सम्पीत्त भएर बौलाएर संकट, कुनै कुकुर बौलाए जसरी बौलाएर संकट कुनै दुवो मौलाए जसरी मौलाएर चैत्रको खडेरी परे जसरी संकट जहाँ हेरो तेही संकट संकटको कुनै रुप हुँदैन । कुनै आकृति हुँदैन । कुनै गुण हुँदैन । कुनै स्वाद हुँदैन । कुनै समय, योग साइत हुँदैन । न सोधेर आउँछ न सोधरे जान्छ, न रोगी, न भोगी, न जोगी, न योगी, न साधु, सन्त–महन्त, न देवी, न देवता सबैलाई संकट छ । पहिलो कुरो विश्वासको नै संकट छ । आहारबाट रगत र रगतबाट बृद्धिको विकास हुने क्रममा नास हुने क्रम जारी नै छ । जहाँ विकास छ त्यहाँ विनास अवश्य छ, जहाँ ज्ञान छ त्यहाँ विज्ञानको प्रविधि अवश्य छ, संसारमा आएपछिाडि संकट अवश्य आउनेछ । स्वयम् हनुमानलाई पनि संकट थियो तर विश्वासले संकट मोचन भएको थियो आफ्नो छाति चिरेर संसारलाई रामसिताको दर्शन गराउनु भयो । संकट मोचन हनुमान धाम नै सम्पूर्ण जडको संकट निवारण गर्ने औषधी नै संकट मोचन धाम हो, विकास कि विनास दुवै वस्तु पाउन त्यति सजिलो छैन भन्ने कुरा यस यज्ञ समापनबाट नै अवगत भएको छ ।

-लेखकः सन्तश्री स्वामी सेवक

२. हनुमानको हुन र संकट मोचन हनुमान भनेको के हो ।
पवित्र तपोभूमि हिमवत्खण्ड ज्ञान तथा आध्यात्मिक जागरणको मुलकेन्द्रको रुपमा पवित्र भूमिमा हजारौँ वर्ष तपस्या खोज अनुसन्धान मानव कल्याणको लागि हाम्रा पूर्वज ऋषिमुनिहरुले गरेको योगदानकै कारण हाम्रो धर्म संस्कृति रक्षा मात्र होइन । हाम्रो समाज अविछिन्न रुपमा अगाडि बढेको छ । समाज विकासको क्रममा नागरिक व्यक्ति, समाज, राष्ट्र तथा अन्तराष्ट्रमा आइपर्ने विभिन्न संकट तथा समस्या समाधानको लागि अग्रज ऋषिमुनिका हामी संन्तति हौँ । स्यम् भगवान्हरु पनि मानव देहमा आउन तपस्या गरेको धर्मग्रन्थमा उल्लेख भएको पाइन्छ । तेत्रायुगमा श्रीराम दशरथको घरमा जन्म लिंदा भगवान शिवचै बाँदरको रुपमा अवतार लिएको, कतैकतै यो पनि सुन्न पाइन्छ । राम र हनुमान दाजु र भाइ हुन, दशरथले पुत्रष्टी यज्ञ लगाउँदा त्यही पर्साद खाएर एकातिर राम अर्कोतिर हनुमान पैदा भए भन्ने कथा सुन्न पाइन्छ । अन्जनी माताले बालकलाई सुताएर गइन् । बालकलाई भोग लागेको थियो । आकस्मिक रातो सूर्य उदाएको थियो । उनले कुनै फल रै’छ भनेर खान खोजिरहेका थियो । त्यसै समय राहुले छायाँ बनी सूर्यलाई छेक्दै थियो तर तिनै लोकमा अन्धकार छायो । हाहाकार मचियो । देवगण नागगण ऋषिगण गन्धर्वगण सबैले आ–आफ्नोतर्फबाट प्रार्थना गर्न थाले । लौन लौ बचाउन यो संकटबाट पार लगाउन भनेर प्रार्थना गरिरहेका बेला इन्द्रले बज्र प्रहार ग¥यो । इन्द्रको ब्रज चिउँडोमा गएर लाग्यो–तब यो खबर वायु देवता उनका पितालाई भयो हावाको वेगमा बालक मुर्छा अवस्थामा चट्टानमा पछारिए । यो देखेर सबै देवगणहरु त्राही–त्राही भए कसले हामीलाई समेत संकट लेखाउने यस वालकको नाम संकट मोचन भनौँ । कसैले इन्द्रको ब्रज्रले हनु र जिउँडोमा चोट लागेकोले हनुमान भन्न थाले । कसैले इन्द्रको बज्र समेतले केही गर्न सकेन । बजरंगबली भन्न थाले । कसैले वायु वेग कम नभएको भए हुने थियो । वायु नन्दन मारुती नन्दन भन्दा १००८ नाम नै पु¥याएर छाडे शिव भगवनको एघारौँ अवतार संकट मोचन हनुमान नै हनुमान हुन यदि सबै देवगणलाई संकट नल्याई दिएको भए हनुमान पवनपुत्र बजरंगवली भनेर पुजा यस युगमा घरघरमा हुने थिएन । तर हाम्रो नेपाली समाजले बाँदर देवता भन्ने जुन सोच छ तिनै त्यो गलत छ । बाँदर त आज भोलि पनि बाँदर नै भएका छन् । श्रीरामलाई साहेता दिनमा चै कुन रुपमा अवतरण हो भनेर शिवले विचार गर्दा बाँदरको रुपमा आएका हुन किन कि न घर न थर न परिवार सबैभन्दा सजिलो बाँदर नै भएको हुँदा शिवको एघारौँ रुद्र स्वरुप नै संकट मोचन हनुमान हुन् ।

३. संकट मोचन हनुमानको अर्थ के हो ?
हुन त हरेक शब्द शब्दको अर्थ हुनेछ रावणले ह अक्षरेको ठाउँमा क उचारण गरेर हवन गर्नाले स्वर्णपुर नै तहसनहस भएन रावणको वंशावली नै नास भएको शात्र वेदले बताउँछ । त्यस्तै संकट मोचन हनुमानको अर्थ पनि छ । सं–संसारको–क–कष्ट–ट–टार्ने–मो–मोक्ष–च–चमत्कार–न–शिवस्वरुप–ह–हरण–नु ब्रहमस्वरुप–मा–माध्यम–न–विष्णुस्वरुप–ब्राम्रा, विष्णु, शिवको शक्ति ्ले समेत संसारको कष्ट हटाउने अधिकार छैन, ब्राम्हाले सृष्टि गरे विष्णुले पालन शिवले संहार तर यी तिनैको रचनामा आउने कष्ट–समस्याको बारेमा संकट मोचन हनुमानलाई निवारण गर्ने अधिकार छ त्यसैले संकट मोचन हनुमान भनिएको हो ।
धाए सो फल पाए–रामचरित्र मानसमा लेखिएको पङ्क्ती हरफ हो यो, जसले मनले चिताएर सधैँ प्रत्येक दिन एउटै समयमा गएर एउटा वस्तु मात्र माग राख्छ जबसम्म पूरा हुँदैन । तबसम्म ध्याउनु सिवाये केही हुँदैन, चाहे प्राण नै छुटोस्–चाहे घर बहार नै छुटोस् चाहे परिवार नै छुटोस् जस्तै नारीहट–वाल–हट र राजहट भने जस्तो नै हो । जबसम्म माग पूरा हुँदैन तबसम्म–पूजा–पाठ–ध्यान–जाप–हवन–यत्रसे जे गरे पनि माग चै एउटै हुनेछ । कुनै दिन कुनै पनि फरक हुनुहुँदैन तर माग राख्दा प्रकृतिको नियम विपरीत भए आफै खरानी हुँदा पनि पूरा हुँदेन तर प्रकृतिको नियम सम्वत् भए त्यस्तो धाममा गएको ११ दिन देखि ५१ दिनसम्ममा पूरा हुने हो त्यसलाई धाम भनिन्छ तर मन्दिर भनेको एकछिन एकपल मनलाई पथर जस्तै थिर बनाउने हुँदा मन्दिरमा जाने पूजा पाठ गर्ने गर्दछौँ ।

४. धर्तीमै नभएको धाम कसरी ?
एकादश रुप स्वरुप ११ वटा टाउको ११ वटा हात भएको जमिनबाट ११ फिट अग्लो दशौं अवतारको दस मुख एउटा हनुमानको स्वरुप भएको प्रतिमा अगाडि बिचमा भुवनेश्वरी–भनेको जमिनका देवि भएको स्थान पछाडि भैरवको स्थान भएको जसको पुजारी–सेवकको उमेर ९ वर्षदेनि माथि १४ वर्षसम्म मुनिको बटुकले ५ पटकसम्म शरीर शुद्धी गर्नुपर्ने यस स्थानको पुजा–आजा–घन्टी–नागडा–शंख–वाजा–नाद–आरती–भोग पर्साद दिनमा नौ पटक हुनुपर्ने छ । मन्दिरमा दान पेटिका सहयोग पेटीका दान पात्र भए पनि संकट मोचन हनुमानको अगाडि उजुरी पेटिका हुनेछ, जसरी प्रहरी–प्रशासन–अदालतमा किटानी जाहेरी दर्खास्त दिइन्छ । यहाँ सबैको विरुद्ध जाहेरी दर्ता गरिन्छ । निीति नियम विधि विधान वैदिक–तन्त्र मन्त्र यन्त्र तान्त्रिक–यन्त्र–मन्त्र दुवैबाट पूजा आज गर्ने यस्तो ५ वटा नियमले पूजा गर्ने ठाउँ धर्तीमा नभएको धाम । जबसम्म बन्दैन तबसम्म संकट आइरहन्छ, संकट निवारण गर्ने ठाउँ छैन, पहिला धाम बनाउ–यो नै धर्तीको संकट निवारण धाम हो !!

५. धाम निर्माण स्थानको छनोट
हुन त विश्व चराचर जगत्मा सबै ठाउँहरु नै उपयुक्त छन । काठमाडौंभित्र मात्र २० हजार सार्वजनिक पर्ति जग्गा थिए र छन् । २०५७ सालमा संकट मोचन हनुमान धाम बनाउ भनेर हनुमानले सन्त श्रीस्वामी सेवकलाई भने पछाडि यसको खोज–अनुसन्धान गर्दै २०६३ सालमा श्री संकट मोचन हनुमान मन्दिर सेवा समिति नेपाल सरकारको कार्यालयमा दर्ता गरेर ८ वर्ष अगाडि देखाएको ठाउँको याद आएन । ४–५ ठाउँमा स्थान तय हुने थियो तर पनि कुनै कारणले काम हुँदै थियो, नेवारी भाषामा खरपाखा–बोक्सी दह–थुम्की–वासुकी दह–गोखेल–भुवनेश्वरी हुँदा हुँदा गइरहँदा पिठ–कोटीहोम स्थल भन्ने ठाउँमा त्यहाँको संरक्षण समितिको लिखित पत्र र माइन्युट साथै १४ नं.वडाको पत्र प्राप्त भयो, तर पनि मेरो मनले मानेन् खाडलमा धाम निर्माण स्थान प्राप्त भयो । त्यसपछाडि पनि स्थान छनोट गर्ने क्रममा भ्रमण मै थिए तर एक्कासी रातको समयमा एक्लै कोठामा आफ्नै खटीयामा आराम गरिरहेको थिए । धाम निर्माणस्थानमा झण्डा गाड्दैन्स भन्ने आवाज आयो त्यसपछाडि–कहाँ गाड्ने–किन गाड्ने–कसरी, झण्डा गाडे के हुन्छ । मैले गाड्नुपर्ने कारण के एउटा हनुमानको मुर्ति हुँदा हुँदा अर्को धाम बनाउनु पर्ने कारण अन्यदेवी देवताको बारेमा आफूलाई भगवान् भन्नेहरुको बारेमा, त्यही स्थानमा झण्डा गाड्ने बारेमा मनमा उब्जेको हरेक प्रश्न राखे अन्त तं पर व्यक्तिबाट रु.१० उठाएर धाम बनाउन भने हुन्छ भने, धाम निर्माण स्थानको बारेमा अध्ययन–अनुसन्धान गर्न थाले ।
योगी नरहरीनाथले कोटी होम गरेको स्थान, नेपाली बाबाले होम गरेको स्थान काली बाबाले काली धाम बनाउने भनेको स्थान, खरपाखा नाग खेलेको देख्ने व्यक्ति साक्षात देवीको दर्शन पाउने व्यक्ति, ओडारभित्र अहिले पनि भृगी रित्रीका सनतान तपस्या गरेर बसेका रैछन् । ज्ञान र वैराग्य दुई वटा आँखाले देख्दा इन्द्रले राक्षेस मारेर सम्पत्ति बगाएको हुनाले इन्द्रमति नदी भनिन्छ । मञ्जुश्रीले वासुकी दहस्थानको पनि चट्टानबाट पानी बाहिर पडाएको ऐतिहासिक पुराताव्त्रिक स्थान रैछ जस्तो सपनामा देखे त्यस्तै नै पाएँ । तर रु.१०÷– पर व्यक्तिबाट उठाउने आँट भने गर्न सकिनँ । फेरि पनि झण्डा गाडिनँ । फेरि हनुमानजीले मेरो पूर्वजनमको बारेमा सके रु.१०÷– उठाउन नसकेको चिन्ता नगर धाम आफै बन्छ । झण्डा चै गाड्न भन्नु भयो । झण्डा गाड । राष्ट्रको संकट निवारण हुन्छ भन्ने, झण्डा गाडे अनि हेर भन्नु भयो २०६७÷१०÷१२ गते संकट मोचन हनुमानले भनेको स्थान भै झण्डा गाडे स्थानको छनोट हनुमनले गर्नु भएको थियो । धाम बनाउने कुनै रहर थिएन ।

६. झण्डा गाडे पछाडि राष्ट्रम के भयो ?
चार दिसामा फर्केका चार दल ११ दिनमै सहमति गरेर माधवकुमार नेपालको राजीनामा स्वीकृति भयो । झलनाथ खनाल प्रधानमन्त्री भए आजको दिनसम्म राज्य विहिनता रहेको छैन । पुनः मौलाएको छ । जनमुक्ति सेना नेपाली सेनामा समायोजन, युएएन आफ्नै देशमा फिर्ता तिन वटा राष्ट्रिय संकट निवारण भयो । २०६९÷६÷१३ मा दुई वटा समितिको संयुक्त आयोजना भूमि पूजा सम्पन्न ३०–४० जनाको घरबाट १७ गोत्रले भूमि पूजामा भाग लिएका रैछन् । वैदिक सनातन तान्त्रिक विधि र विधानबाट संकल्प पूरा भयो । त्यसपछाडि २०६३ सालदेखि छापेर राखेको पत्र, बु्रसरहरु चिठी पत्र व्यापक रुपमा वितरण भयो । रु.१०÷– खातामा भनेर पत्र बाड्ने क्रममा ३ दिन अगाडि सहकुशल भएको व्यक्ति तिनैदिनमा चट भएको घटना म कदापि भुल्न सक्दिनँ । ९ वर्षसम्म पत्रबाट रु.१०÷– कतैबाट पनि आएन । २०७२÷१÷१२ गते दैवीय प्रकोप भुकम्प आयो, आउनुपर्ने कारण के थियो यसै पत्रिकामा समय, साइत र योगबिना केही आउँदेन भन्ने विषयमा लेख नै छापेको थिए । का.म.पा.को कार्यालय र एमालेको कार्यालय कहाँ छ । माओवादी र एमाले कहाँ छन् आम जनतालाई थाहा छ । मैले जे भने त्यही नै भइराखेको छ ।

७. धाम निर्माणस्थानको जग्गाधनीको हो ?
नेपाल अधिराज्य बागमती अञ्चल काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.१४ चक्रपथदेखि उत्तर बाटोसँग जोडिएको मोटर बाटो पश्चिम इन्द्रमति खोलातर्फ राजकुलो नदीको सतहदेखि उचाई १३८१ मिदेखि १३९९.५ मिसम्म उत्तर दिसामा फैलिएको साविक कलंकी गा.वि.स ८ (ख)को कित्ता नं.२६४ क्षेत्रफल २०–४–२ को फिल्डबुक गौचरण लालपूर्जामा नेपाल सरकार लेखिएको जग्गामा आ.व.०६३÷०६४ मा नेपाल सरकार, शहरी विकास मन्त्रालय शहरी विकास तथा भवन निर्माण विभाग विशेष भौतिक तथा पूर्वाधार क्षेत्र विकास आयोजना परिमार्जन गर्ने कार्य आ.व.०७१÷०७२ को स्वीकृत कार्यक्रममा नक्सा सहित राम–लक्षमण–सिता सहित संकट मोचन हनुमान धाम बनाउन अनुमानित रकम रु.५० लाख राखिएको थियो ।

८. धाम निर्माण कार्यमा नेपाल सरकारले चासो दिएन
नेपाल सरकार शहरी विकास मन्त्रालयले बनाएको गुरु योजना अनुसार बजेट राखी रकम विनियोजित गरिदिए धाम निर्माण कार्यमा सहयोग गर्ने भनी अर्थ मन्त्रालय, प्रधानमन्त्रीको कार्यालय तथा मन्त्रीपरिषद, पर्यटन तथा संस्कृति मन्त्रालय, राष्ट्रिय योजना आयोग, काठमाडौ. महानगरपालिकामा तिन पटकसम्म पत्र दर्ता गरे कुनै सुनुवाई छैन । १४ नं.वडा कार्यालयमा फाइल छ तर कमिसनको भागबण्डाले फाइल अगाडि बढ्दैन । सार्वजनिक जग्गा मिचेर मोटर बनाउन आनाको रु.३ लाखमा किनेको जग्गा हाल आएर आनाको रु.४० लाखमा बेचविखन, कमिसन खानलाई वडाका जनप्रतिनिधि नै लागेका छन् । नक्सामा गोरेटो बाटो समेत नभएको ठाउँबाट सडक विस्तार गर्ने भनेर भू–माफीयको समूह समिति बनाएर हुनछ कि समितिभित्र बसेर हुन्छ, पहिला ३ रोपनी जग्गा बेचेर खाए अब बाटोको नाउँमा वडा भवन बनाउने नाउँमा सार्वजनिक जग्गा बेचिदै छ । हैन भने सार्वजनिक धार्मिक स्थलको जग्गा संरक्षण गर्ने अधिकार बाहेक केही हुँदैन ।

९. अब धाम नबने के हुन्छ धाम बने के हुन्छ
जब धाम निर्माण गर्ने बेलामा हिजो एकएक इट्टा खाडलमा हालने गोत्रहरु धनञ्जय, अत्री, गर्ग, आत्रेय, उपमन्यु–काश्यय् कौतीय, कौशिका, धृतकौशिक, तैतरिया, भारद्वाज, परासर, वत्स, माण्डव्य, मोद्गल्य कौडिन्य रवि १७ गोत्रले भूमि पूजा गरे । अंक विज्ञानले ८ हुन आउँछ । साल ०७५–१२ हुन रैछ ८÷१२ परे के हुन्छ भनेको अकाल मृत्यु, बौलाहुने, मौलाउने, म धाम बनाउछु भनेर भूमि पूजा गरेको ढिकुरो हो कि संकट मोचन हनुमानको प्रश्न थियो । म मौन थिएँ । को हो हजुरले भनेको तिन वटा संकटमा पर्ने, जवाफ थियो । १७ गोत्र पर्ने, तिन वटा कुरा धाम निर्माण स्थानमा तिन दिनमा आँखाले देखे कानले सुने त्यसपछाडि तिन वटा कुराबाट वचन मैले के गर्नुपर्छ भने पछाडि मन्त्र म दिन्छ हवन गर भन्ने आदेश भयो । धाम बने मौलाउनेछन् । अकाल मृत्यू र बौलाहुने छैनन् । नबने–मौलाउनेछन्–बौलाउनेछन् अकाल मृत्यु हुनेछन् । २०७५ सालबाट सबैतिर त्यस्तै खबर सुनिने छ, अचम्म मान्नुपर्ने कारण नै छैन रु.१० कसैले हालेका छैनन् । धाम अधुरो अवस्थामा छ ।
१०. हवन गर्ने थाहा पाएर राक्षसहरुको आगमन

राक्षसहरुले देवताहरुको हवनमा बिघ्नबाधा पु¥याएको कथामा सुन्न पाइन्थ्यो तर जब १७ गोत्रलाई खाडलमा हाल्ने बेलामा स्थानीय भन्ने राक्षसगणकता गएको थिएँ । अन्जानमा १७ गोत्र खाडलमा परे अब उतार्नु पर्छ भनेर धाम निर्माण स्थानमा खाडल खने । सार्वजनिक जग्गा अधिकरण गर्ने उद्देश्यले वडा सदस्य विनोद थापा समेतले हवन गर्ने खाडल पुरे म मौन थिएँ । यदि त्यही हवन गर्न दिएको भए ११ दिन अखण्ड त्यस पछाडि ३६५ दिन १७ गोत्र तर्ने थिएँ । मैले जानी जानी प्रकृतिको नियम उल्लंघन गर्न खोजेको थिएँ । तर स्थानीयको नाउँमा राक्षसहरु आएर बिघ्न बाधा पु¥याए । फेरि पनि धन्यवाद । जड कुरो त पहिल्ला नै खाडलमा राखी सकिएको थियो । तर जसरी भए पनि त्यस दिन हवन गर्नुपर्ने नै थियो नत्र हनुमानले भनेको तिन कुराको पहिलो शिकार मै हुने थियो । अब पालो सर्वगोत्रको मुखदर्शक भएर हेर्नु बाहेक कुनै उपाय नै छैन ।

११. आयोजक कमिटी गठन
विश्वासले नौ जनाको आयोजक कमिटी गठन त गरियो तर सबै जना त नभनौँ केही यस्ता व्यक्ति पनि भेटियो हिन्दू धर्ममा ठेकेदार भन्नेहरु नै धर्मको नाउँमा लुट गर्ने र पेशेवर धन्दा नै चलाएर काठमाडौंमा महल नै बनाएको रहेछन् । जसले धर्मलाई व्यापार र भगवानलाई वस्तुको रुपमा बेच्ने धन्दा चलाएका रैछन् । ती त्यस्ता व्यीक्तहरुको पहिचान गर्ने मौका राम्रोसँग मिलेको थियो । “मुखले रामराम भने पनि बगलीमा छुरा” राख्नेहरुको चगुलबाट बाहिर निस्केर केवल नाम मात्रको समिति भएको थियो । हेर्नलाई कमिटी भए पनि गर्ने र गराउने हनुमान नै थियो ।

१२. अखण्ड हवन र शिव पूराण कथा
साउन १० गते गुरु पुर्णेमाको दिन थियो । राती चन्द्र ग्रहण लागिरहेको थियो । विहान ९ बजे कलश यात्राको साइत थियो । कलश यात्राको सम्पूर्ण जिम्मा शिवकुमार थापा र प्रज्ञा महत दुवैलाई जिम्मेवारी दिएको थिएँ । काठमाडौं, ललितपुर, भक्तपुर, किर्तिपुर, काभ्रे मकवानपुर, धादिङ, गोर्खाबाट समेत सहभागीता जनाएको थियो । कलशमा जल काभ्रेबाट सरोज हुमगाईले ल्याएका थिए । १०८ कलश शरीता फैजुबाट व्यवस्थापन भएको थियो । तीन दिन अगाडिदेखि नै राजाराम पुडासैनी र शिवकुमार थापाले माइकिङ्ग गरेका थिए । कलंकी मन्दिरदेखि धाम निर्माण स्थानसम्म शान्ति सुरक्षाको व्यवस्था राम्रोसँग भएको थियो । झापादेखि आएका झापाली सन्त र कथा वाचक दुवै कुकुर र विरालोजस्तै गरेर कथा समापन गरे, अखण्ड हवनको जिम्मेवारी पं.विष्णुप्रसाद चौलागाईबाट श्रावन १६ गतेदेखि १८ गतेसम्म समापन भएको थियो ।नीति नियम विधि विधान अनुसार नै अअखण्ड हवन र शिव पूराण कथा सम्पन्न भएको थियो ।

१३. हवन र यज्ञमा फरक
हवन यस धर्तीमा ठुला ह्वन र यज्ञ भएका छन् । दैनिक जस्तो कथा र हवन भै राखेका छन् तर बालुवामा पानी हालेर के काम राजा यायातीले यज्ञ गरायेको महाभारतमा उल्लेख छ । जनमन्जनले सर्पको यज्ञ गरेका थियोे । विश्वजित यज्ञ राजा रघुले गराएका थिए । अश्मेघ यज्ञ राजा सुहोत्रले गराएका थिए । पुत्राष्ट यज्ञ राजा दशरथले गर्नु भएको थियो । प्रगन्य यज्ञ आज भोलि गाउँघरमा पानी नपरे गरिन्छ । तर धर्मशास्त्र वेदमा पराण कथामा कुनै कसैले सुन्नु भएको छ । नागरिक समाज, राष्ट्र सर्वगोत्रलाई संकट आएको छ । यज्ञ फलानो मन्हत सन्त योगी जोगी जगत गुरु धर्माचार्य पिठाधिश शंकाचार्य १०८ र १००८ माहाराज एक किलोमिटर नामधारी राजा–जनता–राष्ट्र प्रमुखले यस्तो यज्ञ गराएको छ । न इतिहासमा लेखिएको छ । धर्मशास्त्रमा चार युगको अन्तिम युग कलियुगमा यसभन्दा अगाडि नभएका थियो, न अब फेरि हुनेछ । संकट मोचन हनुमानको आदेशले नौ प्रकारको दाउरा, जौ, तिल, घ्यु गरेर १००८ जडीबुट्टीको हवि नौ जना बट्टुबाट एउटै मन्त्र जुन न कतै उल्लेख छ, उल्लेख भएको प्रमाणित छैन । जुन मन्त्र यस प्रकारको थियो । ॐ नमो हनुमन्ते एकादशाय रुद्रावताय नागरिक हं राष्ट्र हं सर्व गोत्र हं सर्व संकट निवारणाय राम दुताए स्वाहा । तिन दिन २ रात अखण्ड यज्ञको संकल्पकर्ता धनञ्जय गोत्रका अंश नखाएका धर्तीमा एक इन्च जमिन आफ्नो नाममा नभएका, राष्ट्र बैक तथा सहकारीमा खाता आफ्नो नाम नभएका उमेरको ९ वर्षदेखि हनुमान साधनामा रहेका पिता कृष्णप्रसाद होमगाई आमा गंगादेवि होमगाइको कोखबाट २०३३ साल कात्र्तिक १७ गते मगलबार ठूलो एकादशीको दिन यस धर्तीमा धुलिखेलमा जन्म लिनु भएका विष्णु प्रसाद होमगाई नेपाली नागरितामा उल्लेख भएको आफूले आफैलाई खोज्ने क्रममा स्वामी सेवक नाम हनुमानबाट पाएका थिए । यिनै व्यक्तिले यस यज्ञको संकल्प गरेका थियौ । यज्ञ प्रारम्भ हुन भन्दा एक दिन पहिलादेखि केहि पनि नखायेर मौन व्रत बसेर पिताम्बर धारण गरेर अन्नपात त्यागेर जिउँदो लास बनेर यज्ञ समापन गर्ने वेलामा नौ जना बटुक नौ जना महिला नौ जना पुरुष गरेर २७ जनाले सर्वगोत्र सर्व संकट स्वाहाँ भन्ने मंन्त्रबाट यज्ञ समापन गरिएको थियो । ९ महिनामा मानिसको जन्म हुनेछ । ९ भन्दा माथि अंक हुँदैन । १२ राशी २७ नक्षेत्रभित्र रहेका जीवजिवात्महरुको कल्याण होस् । संकट निवारण होस् भन्ने कामनाले यज्ञ समापन गरियो । हवन भनेको धर्म शास्त्रमा शुद्धिकरणको एउटा कर्मकाण्ड मात्र हो । अनेकौं तन्त्रद्धारा अनेकौ माग इच्छा प्रकट गर्ने तर पूरा नहुने मनको मनोरथ मात्र पूरा हुनेलाई हवन भनिन्छ ।

१४. यज्ञको प्रभाव
हुन त हनुमानले कतै अकाल मृत्व कतै बौलाउने कतै मौलाउने भनेर प्रष्ट रुपमा तिन दिनमा धाम निर्माण स्थानमा देखेपछि हतार हतारमा यज्ञ गरे तापनि राजा, प्रधानमन्त्री जनतालाई जानकारी गराएको थियो तर दुई जना आएनन् । जनता भने आएका थिए । जसको वशले अझ केहि वर्ष यस धर्तीमा वंश विस्तार गर्ने थिए । तिनीहरु आएका थिए जसको वंश नै अन्तिम घडी तिन पुस्तामै टुंगो लाग्ने छ । ती त्यस्ता व्यक्ति आएका थिएनन् जसको अगाडि कोहि पनि छैन जसको पछाडि पनि छ तर पनि यज्ञमा आउने फुर्सद नै भएन । कारण अनेक उत्तर अनेक यज्ञ सिधिएको ८ दिनमा सिंहदरबार अगाडि नाङ्गै प्रर्दशन माइतीघर मण्डलामा पनि प्रर्दशन गरेका थिए । सायद बौलाउने भनेको त्यही नै होला । नेपालको पचिश्मबाट नारी बलत्कार गरेको घटना सुरु भयो । दैनिक जसो यस्ता घटना घटिरहेका छन् । अकाल मृत्यु बढ्न क्रम जारी छ । नाम कमाए व्यक्ति पतन हुँदैछन् । सायद मौलाउँदैछन् । विहान गएको आफन्त वेलुकासम्म आफ्नो आँखाले देख्न सकिदैन तबसम्म विश्वास गर्ने वातावरण नै छैन । अकाल मृत्यु टरेको नै छैन । कहाँ कतिखेर के हुने हो । कारण अनेकौ हुन सक्छ दशरथको घरमा राम जन्म लिनुपर्ने अनेकौ कारण छन् । त्यस्तै हाम्रो जीवनमा समस्या संकट आउनु पर्ने कारण सार्वजनिक रुपमै १७ गोत्र कालको चक्र व्यूमा फसेको सार्वजनिक भइसकेको छ । हिजो संकट निवारणको खातिर म बनाउछु धाम भन्ने आज मेरो गोत्र नै छैन भन्नु परेन । सर्व गोत्रहरु भने पहाडि यसैले काम पुग्छ । मर्न लागेकाहरु बोलाउदै छन् । कहाँ कतिखेर अचानक मृत्युको मुखमा पर्ने हुन ठेगाना नै छैन ।

१५. विभुतको अर्थ खरानी
विभुतको अर्थ विजय भवन्तु भनेको रैछ तर यसको अर्थ बुझेर पनि काम छैन । नासिने पालामा बाजेदेखि नै पतन हँुदै नातिको पालामा टुङ्गो लाग्छ भन्ने कुरा सत्य यर्थाथ रैछ । जुन मन्त्रले हवन गरे खरानी भयो त्यही खरानीको टिका १७ गोत्रले गरेको काम र रसिद बोकेर घर घर व्यक्ति व्यक्तिकोमा त्यति गर्दा नि धाम नबने पछाडि म छँदै छु नि अनि हेर आर्शिवादको मन्त्र यो सत्यनासको मंन्त्र यो भनेर गए पछाडि म मौन अवस्थामा छु । चिन्ताको विषय यो छ । हिजो २०७२ मा दैविक शक्तिले देखाएको प्रलयको बेलामा पूर्व–पश्चिम पुरै खाली देखाउँदा काठमाडौँ भरिपूर्ण देखाउँदा यस ठाउँमा धाम बनिरहेको भनेको थिएँ । धाम पनि नबनिरहँदा ९ वर्ष बित्न धेरै समय छैन । ९ सेकेण्ड लाग्दैन । सद्बुद्धी प्रदान गरुन् भन्ने वाहेक केहि छैन । अब पनि विभूति बोकेर हिडड्नु पर्ने कारण छेन, प्यासी मात्र धाउँछ । खोला नदी समुन्द्र आउँदन । आँखा गएर अन्धो, कान भएर बहिरो, मुख भएर लाटो, हातखुट्टा भएर लङ्गो भएको मानवलाई बचाउनु जरुरी छैन । मानव रुपमा मात्र हो । गुण दानव भएकाहरुको नष्ट हुँदैछ ।

१६. संकट मोचन धाम निर्मार्णाथ सहयोगको अपिल
श्री संकट मोचन हनुमान मन्दिर सेवा समितिद्धारा आयोजित संकट मोचन अखण्ड हवन तथा शिव महापुराण कथा संकट मोचन धाम निमाणार्थ सहयोग होस् भन्ने हेतुले आयोजना गरिएको थियो । श्रावण १० गतेदेखि २१ गतेसम्म धाम निर्माण स्थानमा ब्यानर, अपिल, आमन्त्रण चिट्ठी पत्र सम्बन्धित व्यक्तिकहाँ पुगे पनि मध्य वर्षात् झरीको कारणले र आयोजक कमिटीमा रहेको प्रमुख पात्रहरुलाई ५० प्रतिशत कमिसन दिनुपर्ने भने पछाडि आयोजक कमिटीको अध्यक्षको हैसियतले बरु धाम बने बनोस् वा नबनोस् कमिसन धर्मको नाउँमा उठेको संकटको नाउमा उठेको रकमबाट एक रुपैयाँ पनि तलमाथि हुनु हुँदैन भनेर मैले आर्थिक तथा सम्पूर्ण जिम्मावारी समीर लामालाई दिएको थिएँ । कथा स्थलबाट एक लाख नौ हजार नौ सय आठ रु.१,०९,९०८÷– र बाहिरबाट रु.८,६०७÷– गरी जम्मा रकम रु.१,९८,५१५÷– (एक लाख अन्ठाउन्न हजार पाँच सय पन्ध्र रुपैया) उठेको थियो भने विविध खर्च रु.५,५२,०४०÷– (पाँच लाख बाउन्न हजार चालीस रुपैया) भएको थियो । रु.३,५४५२५÷– सापटी रकमबाट खर्च भएको थियो तर हाम्रो लक्ष्य कथा सुनाउनु नै थियो । न हवन यज्ञ लगाउनु नै थियो । न राम हनुमान शिव बुद्धदेखि शिव गणेश ३३ कोटी देवि देवताको नाम बेचेर पैसा कमाउनु थियो न सामाजिक कामको लागि भनेर माहायज्ञ नै लगाएको थियो । केवल हिजो संकट देखेर १७ गोत्रले संकट निवारणको लागि भनेर भुमि पुजा गरेका थिए । धाम निमाण स्थल चाहिँ यही नै हो । संकट निवारण खातिर वैदिक सनातन धर्म अनुसार गरेको काम पुरा नभएर नै संकट आइरहेको छ आउदैछ जबसम्म काम पुरा हँुदैन तबसम्म संकट आइरहने छ । अकाल मृत्यु बौलाउने मौलाउने तीन वटा कुरा हुनेछ ।

कतै यस्तो भएको देखेमा चित्त नदुखाउनुस् किन कि सर्वगोत्र नै एकदिन स्वाहा हुनेछ । ढिलो वा चाडो तर प्रकृतिको नियम अनुसार भै दिए हुने थियो । तर यहाँ त न सोचको कथा भइरहेको छ । कारण संकट मोचन धाम नबनेर नै हो । यो धाम निर्माण स्थल हो । हिजो नेपाल सरकारले गुरुयोजनामा हाल्यो । बजेट पनि नेपाल सरकारले राख्यो । नक्सा पनि नेपाल सरकारले नै बनायो । हामी १७ गोत्रलाई संकटमा पारेर धाम निर्माण कार्य अधुरो छोडेको छ । यदि नेपाल सरकारले धाम बनाउन सक्दैन भने श्री संकट मोचन हनुमान मन्दिर सेवा समितिलाई जिम्मा दिनुस वा १÷१७ गोत्र मध्ये कसैलाई जिम्मा दिनुस हैन भने सर्वगोत्र भएकालाई भए पनि धाम निर्माण कार्यको जिम्मेवारी दिनुस् “अब हामी बनाउछौँ संकट मोचन धाम राष्ट्रको शान विश्वमा राख्ने छौ नेपालको नाम” भनेर १ लाख पर्चा १० हजार चिठीपत्र १७ वटा प्रचार–प्रसार, ब्यानर, दैनिक कान्तिपुर, पत्रपत्रिकादेखि साप्ताहिक, मासिक, पत्रपत्रिकादेखि मेघा टेलिभिजन, भक्तिदर्शन टेलिभिजन ३५० वटा एफ.एम. महानगरीय मेट्रो एफ.एम.मा दुई पटकसम्म संकट मोचन धामको बारेमा प्रचारप्रसार भइसकेको अवस्था छ । तर अब नेपाल सरकारले धाम बनाउदैन भने सरकार नै संकटमा पर्नेछ । त्यसैले पहिलो अधिकार भनेको नेपाल सरकारको हो । त्यसपछि मात्र हाम्रो अधिकार हुनेछ । नेपाल सरकारको दानापानी खाए पनि गोत्रविनाको मानव हुँदैन । त्यसैले अहब्रम्ह भनेर धाम निर्माणमा सहयोग गरौँ । हैन सरकारले कहाँ बनाउन सक्छन् र भने अथाहा हुनेले अथाह सहयोग गर्ला हुदैन नहुनेले एउटा इट्टा भए पनि सहयाग गर्लान् । त्यति पनि नहुनेले विश्वास गल्र्ला । कमसेकम धाम निर्माण कार्यमा सहयोग गरौँ । पहल गरौँ । हिजो एक गोत्र एब व्यक्ति एक समिति थियो । अब सबैको अधिकार छ । संकट आउदा कसैलाई छोडदैन् भने बनाउने अधिकार सबैमा छ भन्दै सबैलाई हार्दिक अपिल गर्दछु ।

१७. सबैको सहयोग सबैको साथ सबैको हात
सनातन धर्म अनुसार बृक्ष एउटै हो । हाँगा मात्र फरक हो । वृक्ष नै रहेन भने हाँगाको कुनै अर्थ लाग्दैन । कुनै महत्व पनि हुँदैन । अहव्रम्ह म ब्रम्हाको सृष्टी हूँ भन्ने वेलामा चाहिँ त्यसपछाडि म, हामी, हाम्रो जात धर्म कर्म भनेर छोड्नेवाला छैन । हिजो २०७२÷१÷१२ मा संकट आउँदा कसैलाई पनि छोडेन । म शिवको, म रामको, म कृष्णको, म बुद्धको म, जेसिसको, म साइको, म कसाइको, म गरिब, म धनि, म यो थरको कसैले पनि यसलाई बोकेर हिडेको देखिन सबै छोडे सडकपेटि चौरमा बास बसे तर सबै छोडे पनि कुकुर चै छोडेनन् कुकरले पनि मालिक नछोड्दा मानव चेतनसिल प्राणीले सबै छोडी हिजो संकट आउँदा ओ हो कस्तो रुद्र स्वरुप आ…! मा…! मा….! भन्नेहरुले संकट मोचन हनुमान नै हुन् भनेर चेतना किन आएन । जे होस् हनुमानलनई त जाम्ववतले भने पछाडि सबै याद आएको थियो । त्यस्तै हनुमानले सन्तश्री स्वामी सेवकलाई संकट निवारण गर्ने एक मात्र उपाए भनेको १८ वर्ष वितिसके छ । १७ गोत्र मात्र हैन सर्वगोत्र नै संकटमा पर्दा पनि संकट मोचन धाम बन्न नसक्नु भनेको सबैको सहयोग सबैको साथ सबैको हात सबैको मन सबैको विश्बास नभएर नै हो । विश्वास नै जगतको आधार हो । विश्वास जहाँ छुट्छ त्यहाँ नाता टुटछ । जसरी मेरो आमालाई एउटा छोरो भए तापनि अहिलेसम्म विवाह नगरे तापनि एक दिन विवाह गर्नेछ र वशं अगाडि बढाउनेछ भन्ने विश्वास छ र नै आमा छोराको नाता छ । हैन यी व्यक्तिले भनेको सही छ धाम बनाउन सहयोग गनुपर्छ । संकट आउनुपर्ने कारण यिनै हो भन्ने विश्वास हुनेले सहयोग गरेका छन् । म कदापि ती त्यस्ता व्यक्तिहरुको ऋन तिर्न र भुल्न सक्दिनँ । त्यसैले सबैको सहयोगविना सबैको साथ सबैको हात लागेमा एकपल पनि लाग्ने छैन । सबैले आ–आफ्नो ठाउँबाट सहयोग गरौँ । गाह्रो छैन, विश्वास गरौँ तर विकासको नाउमा विनास नगरौँ । हिजो १७ गोत्रले म बनाउँछु धाम भनेर भूमि पुजा गरिरहँदा भूमि पुजा गर्नेको वंश नै विनास भएको थियो । जसले यो ठग पेशा हो रु.१०÷– मागेर कही धाम बन्छ भनेको थियो । भएको एउटा छोरो पनि भुकम्पले चट भएको थियो । यहाँ धाम बन्दैन भन्नेको घरको जग नै भत्किएको थियो ।

रु.१०÷– किन माग्ने, म दिन्छु धाम बनाउने भन्ने व्यक्तिको नियत बुझियो । रु.१० करोड पूर्व राजाबाट चाहिएको रैछ । आखिरमा ठाउँ छोडेर बौलाहा भएर हिडिरहेको छ । त्यही ठाउँको त्यही थरको । २०७५÷२÷२६ गते धाम निर्माण स्थलमा अकालमृत्यु भयो । कुमार गौतम बौलाहा भएर बसेका छन् । त्यहीको संरक्षण समितिका कोषाध्यक्ष दुवो मौलाए जसरी मौलाए आखिरमा ६ करोड राजश्व हिनामिना गरेर फरार छन् । जब यो कुरा मैले तिनदिनमा थाहा पाएँ । तिन वटा कुरा एउटै ठाउँमा हनुमानले डिक्रो उठाएको कि धाम भनी प्रश्न मलाई गरिरहँदा यो धाम निर्माणस्थल हो । १७ गोत्रले भूमि पुजा गरेको ठाउँ यही हो । मेरो कारणले १७ गोत्रको डिकुरो हुन दिन्नँ भनेर धाम निर्माण स्थानमा हवन गर्न खोजे तर हुने कुरा कसैबाट पनि रोकिएन । धाम निर्माण स्थानमा हवन गर्न दिइएन । सार्वजनिक जग्गा अधिकरण गरेर महल बनाउने भु–माफियाको जञ्जालले सपनाको घोडा चढेकाहरुसँग एक्लो बृहपतिले केहि पनि बोलेन तर याद रहोस् सबैलाई चेतना होस् । हिजो वौद्धिक सनातन तथा तन्त्र विधि अनुसार संन्त श्री स्वामी सेवकले पाँच ठाउँको माटो पाँच ठाउँको पानी पञ्चवस्तु पञ्च वल्व पञ्च धातु पञ्च वायु पञ्च अग्नी पञ्च फलफुल मिठाई चाहिने पुजा तेतीस कोटी देविदेवता यज्ञ नाग गण भूुतप्रेत वायु संकट मोचन हनुमानलाई आह्वान गरेर त्यही स्थानमा ती सामान राखेर प्राण प्रतिष्ठा गरेर संकट मोचन हनुमानलाई स्थान दिए पछाडि १७ वटा गोत्रले विधि विधानले भूमि पुजा गरिसके पछाडि नाग देवताको ठाउँ सारे जसरी अन्यत्र सार्ने भत्काउने तोड्ने हनुमान संंकट मोचनका ठाउँमा अन्य देवी देवता स्थापना गर्ने कार्य गरेमा हरामीको अगाडि रामको तत्काल केहि लाग्दैन तर त्यसको असर भिष्म पितामह र धृतराष्ट्रले १०४ जुनी पछाडि गरेको पापको कारणले अन्धो र वाणको शैयामा सुतेको हामीले कथा सुनेका थियौँ ।

तर आजभोलि तिन दिनभित्र देखिनेछ । कसै कसैको बाजेले नुन छरेको जग्गा हो कि १७ गौत्रले संकट मोचन धाम बनाउछु भनेको मसानघाट डिकुरो उठाउछु भनेको हो । स्थानीय भन्न रुचाउने बाबु बाजे पिता पुर्खा चै कहाँ ठेगाना नामकरण भएका हिजडाहरुको चेतना खुलोस् । मैले आफ्नो कर्तव्य पुरा गरे । त्यही खरानीको विभूति वाहेक केही छैन । बाँकी गोत्रहरुले धाम निर्माण कार्य पूरा गरुन् भन्ने उद्देश्यले तिन दिन अखण्ड हवन यज्ञ लगाए । सर्वगोत्र स्वाहा गरे । सबले सहयोग र साथ दिए धाम निर्माण होला नत्र डिकुरो नै सावित हुनेछ । यसले समुल नष्ट गर्नेछ । जसरी ववरीको एउटा बाणले महाभार युद्धमा सबै नष्ट भए । कम्तीमा धाम निर्माण नभएमा ९÷९ वर्षमा डाँडाकाँडा खाली हुनेछ । मेरो बाजेले नून छर्केको जग्गा फलानीले कोटी होम गरेको जग्गा हामी संरक्षणको नाउँमा भंगरक्ष गर्ने छौँ भनेर कसैलाई पनि संकटले छाडेको छैन । देवोका देव महादेवलाई त छाडे्नन् साक्षात एघार मुखी रुद्र अवतार संकट मोचन हनुमानले भने हजुर हामी त को नै होर तर जहाँ नीतिनियम विधि र विधान अनुसार धाम निर्माण स्थलको ठाउँमा इन्द्रको बाबु आए पनि कसैले डराउनु पर्ने छैन तर हामीले नीति नियम विधि विधान मिचे पछाडि यो जीवन कुनै भरोसा छैन भन्नेहरुलाई राम्ररी थाहा छ । उसले गरेको गल्ती त्यसैले भरोसा छैन भनी राखेको छ । नत्र जन्म सँगसँगै मृत्यु ल्याएको हुनेछ । “हुने विरुवाको चिल्लो पात” भने जस्तै हो संकट मोचन धाम बनाउन हातमा हात साथमा साथ दिएर सबै गोत्रको अधिकारभित्रको कुरा हो जसले बनाउँछ उसैको नाम दाम काम वंश र गोत्रको जय जयकार हुनेछ । तर नीति र नियमभित्र रहेर बनाउन अधिकार छ । यो भवन छटघाट ैन–मसानघाट भवन नबनोस् एउटा महिला र पुरुषको अकाल मृत्यु भइसकेको छ । म बनाउँछु भन्नको नियतका कारण वंश विनास भएको छ । धाम निर्माण स्थानबाट सुरु भएको छ । यो भाइरसले पहिला अगाडिबाट नै खतम गर्नेछ । धाम निर्माण स्थान वरपरका मानव बस्तीमा संकटले घेरेको छ । धाम बनेमा खाली त्यहीबाट सुरु हुनेछ । घरघर खाली जया–माँ कालि ! संकट मोचन धाम चाँडो भन्दा चाँडा बनोस्, सद्बुद्धि दिउन् यही शुभकामना छ ।