कर्णाली र गण्डकी प्रदेशको नामाकरण पछि प्रदेश नम्बर ७ को नाम सुदुरपश्चिम

1119

असोज १२,
सुदुरपश्चिम प्रदेश । प्रदेश ७ को नाम सुदूरपश्चिम रहने भएको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकले उक्त प्रदेशको नाम ‘सुदूरपश्चिम’ राख्ने प्रस्ताव दुई तिहाई बहुमतले पारित गरेको हो । नेपाल कम्युनिस्ट पार्टीका सांसदहरुले सुदूरपश्चिमको पक्षमा मतदान गरेका छन् । प्रदेश ७ मा ५३ सांसद छन् । दुई तिहाईका लागि ३६ मत आवश्यक थियो। उक्त प्रस्तावको पक्षमा ३८ मत परेको थियो । विपक्षी नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालका १४ सांसदले भने मत हालेनन् । उनीहरुले बैठकसमेत बहिस्कार गरेका थिए । त्यस्तै राजधानी गोदावरी नगरपालिका २ तेघरीमा राख्ने प्रस्ताव पनि बहुमतले पारित भएको छ ।
नाम र राजधानी पाउने सुदूरपश्चिम तेस्रो प्रदेश हो । यसअघि प्रदेश नम्बर ६को नाम कर्णाली र ४ को गण्डकी नामाकरण भइसकेको छ ।