श्रीरामको गजल संग्रह ‘तस्विर’ सार्वजनिक

174

असोज १५,
भक्तपुर । गजलकार श्रीराम के.सी. ‘निशान्त’को गजल संग्रह ‘तस्विर’ सार्वजनिक गरिएको छ ।
चमेरो बचत तथा ऋण सहकारी संस्थाले प्रकाशनमा ल्याएको उक्त गजल आइतबार बालकोटमा आयोजित कार्यक्रममा प्रदेश नम्बर ३ का प्रदेश सदस्य शशिजंग थापाले केसीद्धारा लिखित पहिलो गजल संग्रह सार्वजनिक गर्नुभएको हो ।
प्रदेश सदस्य थापाले मोतिराम भट्ट हुँदै सुरु भएको नेपाली गजल लेखनको यात्रा समृद्ध हुँदै गएको चर्चा गर्दै नेपालको गजल बिधामा यस पुस्तकले एक तह उचाई थपेको बताउनुभयो । केसीको तस्विर भित्र देशप्रेमले ओतप्रोत, सामाजिक, धार्मिक, राजनीतिक, आर्थिक तथा प्रेम र मानवीय भावका गजल समेटिएको बताउनुभयो ।

कार्यक्रममा चमेरो सहकारीका अध्यक्ष ई.भिमसेन श्रेष्ठले स्रष्टालाई प्रेरणा दिन, पाठकलाई गजलको स्वाद चखाउन एवं समाज निर्माण अभियानमा सहकारीसंग जोड्न बार्षिक साधारण सभाको अवसर पारेर पुस्तक प्रकाशित र सार्वजनिक गरिएको बताउनुभयो ।
गजलकार निशान्तले समय समयमा बिभिन्न पत्रपत्रिकामा प्रकाशित गजलहरुलाई एउटै मालामा उन्दै नेपाली गजल विधाको समृद्धिमा टेवा पुर्याउने सोचका साथ पुस्तक प्रकाशित गरेको बताउनुभयो ।