आज विश्व शिक्षक दिवस मनाइँदै

486

असोज १७,
काठमाडौँ । ‘शिक्षा अधिकारको तात्पर्य, योग्य शिक्षकको अधिकार’ भन्ने नाराका साथ विश्व शिक्षक दिवसका सन्दर्भमा आज नेपालमा पनि विभिन्न कार्यक्रम गरिएको छ । संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन ९युनेस्को०ले सन् १९९४ देखि हरेक अक्टोबर ५ मा यो दिवस मनाउने घोषणा गरेको थियो । दिवसका अवसरमा नेपाल शिक्षक महासङ्घले ललितपुरमा ¥याली आयोजना गरेको छ भने युनेस्को काठमाडौँको सहयोगमा आज एकदिवसीय कार्यशालाको आयोजना गरेको छ । महासङ्घका अध्यक्ष बाबुराम थापाले आफूहरूको पेशागत माग र सुविधाका विषयमा गरिएको सम्झौता कार्यान्वयनमा सरकारले तदारुकता देखाउनुपर्ने भन्दै अन्यथा आन्दोलनमा जाने चेतावनी दिनुभयो । रासस