३३ केजी सुन तस्करी प्रकरण .ं एसएसपी लोहनी र एसपी खनालको निलम्बन फुकुवा

109

असोज १७,
काठमाडौं । गृह मन्त्रालयले साढे ३३ केजी सुन तस्करी प्रकरण र सनम शाक्य हत्यापछि निलम्बनमा परेका नेपाल प्रहरीका दुई अधिकृतको निलम्बन फुकुवा गरेको छ ।

२०७५ वैशाख १६ गतेदेखि लागू हुनेगरी निलम्बनमा परेका एसएसपी दिवेश लोहनी र एसपी विकासराज खनालको निलम्बन फुकुवा गरिएको गृह सचिव प्रेमकुमार राईले बताए ।

उच्च अदालत विराटनगरले गत साता पुर्पक्षका क्रममा कारागारमा रहेका एसएसपी लोहनी, एसपी खनाल र डीएसपी प्रजित केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो । गृहन्त्रालयले एस्एसपी लोहनी र एसपी खनालको कारवाही फुकुवा गरेपनि डिएसपी केसीबारे केही खुलाएको छैन ।

गृह सचिव राइले लोहनी र खनालले दिएको निवेदनका आधारमा कारवाही फुकुवा गरेको जानकारी दिए ।

सुन तस्करी र सनम शाक्य हत्या प्रकरणपछि पक्राउ परेका लोहनी तत्कालीन अवस्थामा अपराध अनुसन्धन महाशाखा र खनाल जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत रहेका थिए ।