बलर चम्किएपछि नेपालद्वारा म्यानमार ८ विकेटले पराजित

100

असोज १७,
काठमाडौँ । आइसीसी विश्व टी–२० एसिया क्षेत्र छनौट क्रिकेट प्रतियोगितामा नेपालले म्यानमारलाई ८ विकेटले पराजित गरेको छ ।

मलेसियामा जारी समूह बी अन्तरगतको खेलमा म्यानमारले टस जितेर पहिलो ब्याटिङ गरेको थियो ।

प्लेयर अफ द म्याच घोषित सन्दीप लामिछानेले ४ विकेट तथा ललित राजवंशीले ३ विकेट लिएपछि म्यानमार १० ओभरमा मात्र २९ रनमा अलआउट हुन पुग्यो ।

म्यानमारका कप्तान एच लिन अयुङले १६ रन जोड्नबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रनसमेत जोड्न सकेनन् ।

जवाफी ब्याटिङमा उत्रेको नेपालको शुरुवात पनि राम्रो हुन सकेन । ओपनर प्रदीप ऐरी शुन्य तथा अनिल कुमार शाह ११ रनमा आउट भए । त्यसपछि करन केसीले १४ रन बनाउँदै टोलीलाई जीत दिलाए ।