कपिल र काउलीको स्वर रहेको ‘मायाको चेक’ सार्वजनिक ( भिडियो सहित)

106

असोज १८,
भक्तपुर । युवा गायक कपिल कसपालको गीति अडियो भिडियो ‘मायाको चेक’ आज सार्वजनिक गरिएको छ ।
रफत सञ्चार क्लबमा आज मायाको चेक गीत यूनिटले पत्रकार सम्मेलनको आयोजना गरि गीत सार्वजनिक गरेको हो ।
गायक कपिल कसपालको स्वर, शब्द र संगीत रहेको उक्त गीतमा पछिल्लो समय चर्चामा रहनु भएकी सन्ध्या बुढा ( काउली बुढि) को समेत स्वर रहेको छ । गीतमा नायकका रुपमा नयन डि सि रहेका छन् भने नायिकाका रुपमा श्रृष्टि खड्का रहेको मायाको चेक गीतका निर्माता तथा निर्देशक कसपालले जानकारी दिनुभयो । ललितपुरको पर्यटकीय क्षेत्र गोदावरीमा गरिएको जानकारी दिँदै उहाँले दुई लाखको लगानीमा भिडियो तयार पारेको जानकारी दिनुभयो । रागरागीनि इन्टरटेन्टमेन्ट प्रालीको ब्यानरमा २ लाखको लागतमा निर्माण भएको गीतले मनोरञ्जनात्मक रुपमा जीवनलाई लैजानु पर्ने सन्देश दिएको छ ।
पत्रकार सम्मेलनमा गायिका काउली बुढीलेले सञ्चालनमा ल्याएको आफ्नै युट्युव च्यानल काउली बुढी शोबाट पनि गीत सार्वजनिक गरिएको उहाँले बताउनुभयो ।

साथै बिभिन्न सञ्चार माध्यमहरुबाट समेत यो गीत हेर्न सकिने छ ।
काउली बुढिले मायाको चेक गीतले युवाहरुको मन जित्न सक्ने दाबी गर्नुभयो । यते गीतले जीवनमा मज्जा लिएर जीउन उत्प्रेरणा मिल्ने बताउनुभयो । यो गीत डान्सिङ बिटमा निर्माण भएकाले सबै उमेर समुहको रोजाई पर्ने कसपालले बताउनुभयो । बिबेक साउन्ड स्टुडियो भक्तपुरमा रेकर्ड गरिएको यो गीत रेकडिङ र मिक्सिङ बिबेक शाक्यले गर्नुभएको हो भने हेम लामाले एरेन्ज गर्नुभएको छ । गीतको नृत्य संयोजन भने बुगिवुगिका नृत्य निर्देशक प्रशान्त तामाङले गर्नुभएको छ ।