राष्ट्रकवि घिमिरेले मुलुकलाई असाधारण गुण लगाउनुभएको छ …प्रधानमन्त्री ओली

119

असोज २१,
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले राष्ट्रकवि माधवप्रसाद घिमिरेले मुलुकका लागि असाधारण गुण लगाउनुभएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले राष्ट्रकवि घिमिरेको देशभक्तिपूर्ण साहित्य सृजनाले मुलुकलाई एकजुट बनाउन महत्वपूर्ण योगदान दिएको पनि स्पष्ट पारेका हुन् ।

आईतबार राष्ट्रकवि घिमिरे सय वर्ष पुगेको अवसर पारेर काठमाडौंमा आयोजित सम्मान कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले राष्ट्रकवि घिमिरेले नेपाली भावना अनुसार साहित्य सृजना गरेकाले सबैले मन पराएको पनि स्मरण गराए ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रकवि घिमिरेलाई सम्मान पनि गरेका थिए । त्यस अवसरमा उनले राष्ट्रकवि घिमिरेका चर्चित काव्य ‘गौरी’ आफूले पटक–पटक अध्ययन गरेको पनि स्मरण गराएका थिए ।