काँग्रेसमा ‘उमेर हद’ लगाउन बहस

107

असोज २२,
काठमाडौं । काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघमा ३२ वर्षे उमेरहद कायम गर्ने विधान पारित भएसँगै नेविसंघको नेतृत्वका लागि आकांक्षी धेरै विद्यार्थी नेताहरु विद्यार्थी राजनीतिबाट बाहिरै हुने भएका छन् ।
वर्तमान कार्यसमितिका धेरै विद्यार्थी नेताहरु बाहिरिने भएपछि अब नेविसंघको अध्यक्षमा ३२ वर्षभन्दा कम उमेरका विद्यार्थी नेताहरुलाई नेतृत्वका लागि बाटो खुलेको छ । जसमा देउवापक्षबाट प्रेम जोशी र अम्बिका चलाउने अध्यक्षका दावेदारका रुपमा अघि आएका छन् । उनीहरु वर्तमान कार्यसमितिका सहमहामन्त्री हुन् । त्यस्तै पौडेल पक्षबाट शिव रिमाल र सागर परियार अध्यक्षका दावेदार भएका छन् भने सिटौला पक्षबाट सुशील भट्ट, गणेश सापकोटा, दुजाङ शेर्पा र नवराज त्रिपाठीलाई अध्यक्षमा प्रतिस्पर्धा गर्न बाटो खुलेको छ ।

गएराति अबेर सम्पन्न काँग्रेस केन्द्रीय कार्यसमितिको बहुमतले उमेरहद कायम गरेर तयार गरिएको विधान र नियमावली पारित गरेपनि नेताहरु रामचन्द्र पौडेल, कृष्ण सिटौला, प्रकाशमान सिंह लगायतका नेताले नोट अफ सिडेन्ट लेखेर असहमति जनाएका थिए । नेविसंघमा उमेर हद लगाएकोमा धेरैजसो विद्यार्थी नेताहरुले असहमति जनाएका छन् । यद्यपी उनीहरुले पार्टीको निर्देशन मान्न तयार रहेको बताएका छन् । नयाँ विधान पारित भएसँगै नेविसंघका नेताहरुले नेविसंघमा मात्रै नभई पार्टीमा समेत हदबन्दी लगाउनुपर्ने मागसहित देशव्यापी कार्यक्रम गर्ने तयारी थालेका छन् । ‘नेविसंघमा मात्रै किन रु पार्टीमा पनि हदम्याद लगाउनुपर्छ यसको बहस आजैबाट सुरु भएको छ’ नेविसंघ महामन्त्री समेत रहेका कुन्दन काफ्लेले बताए ।

नेविसंघमा ३२ वर्ष काटेका विद्यार्थी नेताहरुमा नेविसंघको वर्तमान कार्यसमितिका पदाधिकारी र केन्द्रीय समितिका अधिकांश सदस्य परेका छन् । विद्यार्थी नेताहरु कुन्दनराज काफ्ले, मनोज बैद्य, मोति भण्डारी, युवराज पाण्डे, हिमाल श्रेष्ठ, दिपक भट्टराई, सरोज थापा, नीलकण्ठ रिजाल, पुष्प साह, , गोपाल पौडेल, दिपक भण्डारी, अनिल खनाल, मनोहरी श्रेष्ठ, लावस राई, भीम श्रेष्ठ, सन्तोष कट्टेल, लिलाबल्भ दाहाल, प्रकाश महर्जन, शिव रिमाल, सुशील तिमिल्सना, रन्जिता कार्की रमेश खड्का, विष्णु पौडेल ‘दारी’, हरिश भण्डारी, तुलसा पन्त, बलदेव तिमिल्सीनालगाय रहेका छन् । उनीहरु सवै वर्तमान केन्द्रीय समिति सदस्य हुन् । यी मध्ये पुष्प शाह र सरोज थापा देउवा पक्षका हुन भने बाँकी पौडेल र सिटौला पक्षका विद्यार्थी नेता भनेर चिनिन्छन् । -Ratoapti