हुम्लामा जनता बैंकको ३ शाखा स्थापना

79

असोज २८,
हुम्ला । जनता बैंकले कर्णाली प्रदेशको अति विकट जिल्ला हुम्लाको तीन गाउँपालिकामा शाखा स्थापना गरी एकै साथ कारोवार सुभारम्भ गरेको छ । नेपाल सरकारको सबै स्थानीय तहमा बैंक शाखा पु¥याउने योजनालाई आत्मसाथ गर्दै बैंकले कर्णालीमा कारोवार सुरु गरेको हो । हुम्ला जिल्लाको अदानचुली गाउँपालिका, चंखेली गाउँपालिका र ताजाकोट गाउँपालिकाबाट कारोवार सुरु भएको छ । अन्य शाखाहरु जस्तै यि शाखाहरुबाट पनि निक्षेप, कर्जा, रेमिट्यान्स सेवा लगाएत सम्पूर्ण आधुनिक बैंकिङ् सेवा सुरु हुने बैंकले जनाएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रका जनताहरुलाई देशको अन्य क्षेत्रसँग वित्तीय संजालमा जोड्न यि शाखाहरु महत्वपूर्ण हुनेछन् । साथै हाल सम्म मोटर बाटोको पहुँच नपुगेको यि दुर्गम भेगका जनताहरुको जीवनस्तरमा बैंकिङ्ग सेवाले केही सहजता प्रदान गर्न सक्ने विश्वास बैंकले लिएको छ ।