नेकपाका सभासदलाई कालो झण्डा देखाईयो

140

असोज ३०,
डोटी । नेपाल कम्युनिष्ट पार्टि ९नेकपा० का सुदूरपश्चिम प्रदेश सभासद अचार्ना गहतराज लाई डोटीको दिपायलमा कालो झण्डा देखाईएको छ । डोटी चेम्बर अफ कमर्स द्धारा दिपायलको पिपल्ला बजारमा सोमबार आयोजना गरिएको दशैँ शुभकामना आदान प्रदान कार्यक्रममा सभाषद् गहतराज लाई स्थानिय युवाहरुको समूहले कालो झण्डा देखाएको हो । दिपायल राजधानीको प्रतिपक्षमा प्रदेश सभा बैठकमा मत हालेको भन्दै युवाहरुले उहाँको कार्यक्रम स्थलमा आएर कालो झण्डा प्रर्दशन गरेका हुन् ।
उक्त शुभकामना आदान प्रदान कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएकी सभाषद गहतराजले बोल्ने पालो आउदा युवाहरुको समुहले डोटी बिरोधी मत हाल्ने सभाषद मुर्दाबाद,दिपायल राजधानी कायम गर भन्ने नारा लगाउदै कालो झण्डा देखाएका थिए । -newsofnepal