मिनि ट्रक दुर्घटना एक जनाको मृत्यु

108

कार्तिक ५,
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जुगल गाउँपालिकाको याङ्लाकोट, जलबिरे हुँदै बाह्रबिसे गइरहेको मिनि ट्रक भैंसेमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ । अर्को गाडीसँग प्रतिस्पर्धा गर्दै आइरहेको बा ४ख ९०१७ नम्बरको मिनि ट्रक सडकमै पल्टिँदा दर्जन बढी घाइते भएका छन् । भैंसेको मोडमा घुमाउन खोज्दा सडकमा नै पल्टिएको प्रत्यक्षदर्शीले बताए। एकको घटनास्थलमै मृत्यु भयो, बाँकीलाई खाडीचौर उपचारर्थ लगिएको छ,’ एक स्थानीयले भने। घटनास्थलमा खटिरहेका प्रहरी कुमार श्रेष्ठका अनुसार मृतक बाराका लुते तामाङ हुन् । ‘दुर्घटना भएलगत्तै चालक भने सुरक्षित निस्किएर फरार छन्,’ उनले भने।
दसैंको आफन्त भेटघाटमा याङलाकोट, जलबिरेबाट मिनि ट्रकमा यात्रु सवार रहेको रेडियो सुनकोशीले उल्लेख गरेको छ ।