सामाजिक कार्यमा सक्रिय हुदैं घुम्टे युवा परिवार जापान शाखा

92

कार्तिक ७,
बागलुङ । सामाजिक संस्था घुम्टे युवा परिवार जापान शाखाको आर्थिक सहयोग र केन्द्रिय समितिको व्यवस्थापनमा गलकोट नगरपालिका वडा नं ७ का ४ वटा धार्मिक स्थल र संस्थाको केन्द्रिय कार्यालयमा सोलार बत्ती हस्तान्तरण गरिएको छ । गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष तथा संस्थाका सल्लाहकार संयोजक सुवेदार टिका बहादुर थापाले एक कार्यक्रमका बिच हस्तान्तरण गर्नुभएको हो । घुम्टे युवा परिवार कार्य समिति पदाधिकारीहरु, जनप्रतिनिधि, जापान शाखा प्रतिनिधि र मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरु र स्थानियको उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न गरिएको छ ।

हस्तान्तरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष थापाले मल्मका विभिन्न धार्मिक स्थल सॅगै घुम्टे युवा परिवारको कार्यालयमा घुम्टे युवा परिवार जापान शाखाले सोलार सहयोग गरेपछि सबैतिर यसको प्रशंसा हुन थालेको बताए । थापाले भनें युवाहरुको यो प्रशंसनिय कार्यको अन्य सामाजिक संस्थाहरुलाई समाज विकास र परिवर्तनमा थप प्रेरणा मिलेको छ । सोलार बत्ती सञ्चालनमा आएपछि अहिले गलकोट नगरपालिका वडा नं ७ मल्मका ४ महत्वपुर्ण धार्मिक स्थलहरु र सामाजिक संस्था घुम्टे युवा परिवारको कार्यालय झलमल्ल छन । घुम्टे युवा परिवारको जापानमा शाखा विस्तार गरे सॅगै केन्द्रिय कार्यालयको पहलमा शाखाले ५ सेट सोलार सहयोग प्रदान गरेको थियो । झण्डै सवा लाखको लागतमा कल्वको कार्यालय मल्म सप्ताहघाट, बामिया युगेश्वर शिव शक्ति मन्दिर, सप्ताहघाट कोट मन्दिर, नाच्नेडॉडा सिद्वेश्वर शिवालय मन्दिर र झिर्का नेटा शिवालय मन्दिरमा ४० वाट क्षमताको सोलार जडान गरेपछि मन्दिर सॅगै संस्थाको कार्यालय झलमल्ल बनेका हुन ।

२०४१ सालमा स्थापना भएको पुरानो सामाजिक संस्था घुम्टे युवा परिवार विगत देखि नै स्थानिय स्तरमा सामाजिक कृयाकलापमा सकृय रहॅदै आएको घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापा सन्देशले बताए । समय समयमा तालिम, गोष्ठी, बाटोघाटो मर्मत, सॅगै युवा जागरणका काममा संस्थाले निरन्तरता दिंदै आएको छ । पछिल्लो समय गलकोट क्षेत्रबाट विदेशिने युवाहरुको संख्या ह्वात्तै बढेको छ । गलकोट क्षेत्रका युवाहटुको रोजगारीको मुख्य गन्तव्य जापान बनेको छ । मल्मका अधिकांश युवा युवती पनि जापानमा रहेका छन । हिजो आज गाउॅमा हुने मेला, महोत्सव, विभिन्न संघ संस्था, विद्यालयले गर्ने सामाजिक कार्यहरु सॅगै कसैलाई आपत विपत पर्दा जापानमा रहेका युवा युवतीहरुले ठुलो मात्रामा आर्थिक सहयोग गर्दै आएका छन । व्यक्ति व्यक्तिले सहयोग गरिरहन भन्दा सामाजिक एकता सदभाव र समाज विकासमा संस्थागत रुपमा जोडिदै महत्वपुर्ण भुमिका निर्वाह गर्न घुम्टे युवा परिवार जापान शाखा गठन गरिएको शाखा अध्यक्ष दिल बहादुर थापा रामुले जानकारी दिए । विभिन्न सामाजिक कार्यहरुलाई अगाडि बढाउने क्रममा धार्मिक पर्यटनको विकास र प्रवर्दन गर्नको निमित्त यसले महत्वपुर्ण योगदान गर्ने जापान शाखाका सचिव दिनेश थापाले बताए । सचिव थापाका अनुसार जापानमा रहेर विभिन्न पेशा व्यवसाय गरिरहेका भएका मल्मबासीको तथ्याङ्क संकलन गर्ने काम पनि अन्तिम चरणमा पुगेको छ ।

यता धार्मिक स्थलहरुमा सौर्य उर्जा सोलार जडान गरेपछि मन्दिरहरु झलमल्ल भएपछि आफुहरु समेत खुसी भएको सिद्वेश्वर शिवालय सेवा समिति मल्मका अध्यक्ष ज्ञान बहादुर थापाले बताए । यसले सामाजिक संस्थाहरु बिच थप सहकार्य र सदभाव बढने थापाको विश्वास रहेको छ । यस्ता अभियानले विदेशमा रहेका युवाहरु पनि आफनो ठाउॅलाई केहि गर्नुपर्छ भन्ने उदाहरणको रुपमा प्रस्तुत भएको युगेश्वर शिव शक्ति मन्दिर बामियाका सचिव रत्न बहादुर मल्लको भनाई छ । नव दुर्गा सॅगै धार्मिक स्थलहरु झलमल्ल पार्न घुयुप जापान शाखाले खेलेको भुमिकाप्रति खडग कालिका कोट मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर थापाले प्रशंसा व्यक्त गरे । केन्द्रिय विद्युतको सुविधा रहेपनि विद्युत भनेको समयमा नहुने कारण धार्मिक स्थलमा सौर्य उर्जा थप प्रभावकारी हुने नेटा शिवालय मन्दिर व्यवस्थापन समितिका हुम बहादुर कार्कीले बताए ।